प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको खुलेको छ । भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट एउटा विवादास्पद ट्वीट रि–ट्वीट भएको हो । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश प्रधानमन्त्री ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ ट्वीटरको पासवर्ड दुरुपयोग […]

देशमा आगलागी हुँदा विदेश भ्रमण गर्ने अस्ट्रेलियाका प्रधानमन्त्रीले माफी मागे

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा आगलागीको घटना भइरहेको बेला आफू पारिवारिक भ्रमणमा रहेकोमा माफी मागेका छन् । शुक्रबार बिहान जारी गरेको वक्तव्यमा उनले आफू भ्रमण रद्ध गरेर स्वदेश फर्किन लागेको उल्लेख गरेका छन् । देशमा आगलागीको घटना भइरहेका बेला प्रधानमन्त्री भने पारिवारिक भ्रमणमा रहेको भन्दै आलोचना भएपछि उनले क्षमा याचना गरेका हुन् । […]

संसद्‌मा नयाँ नजिर, उपसभामुखबाट अध्यक्षता

काठमाडौँ । सभामुख नभएकाले प्रतिनिधिसभा बैठक प्रारम्भ कसले गर्ने भन्ने केही दिनयताको बहसलाई चिर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले शुक्रबार बैठक चलाएकी छन् । सांसदहरू आफैंले बनाएको नियमावलीविपरीत संवैधानिक प्रावधानलाई आधार मानेर तुम्बाहाङ्फेको अध्यक्षतामा संसद्को पाँचौं अधिवेशनको बैठक प्रारम्भ भएको हो । प्रतिनिधिसभा नियमावलीमा सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगन घोषणा गर्ने व्यवस्था छ । संसद्का पूर्वमहासचिव सूर्यकिरण गुरुङले […]

गृह मन्त्रालयबाट चार महिनामै १०० भन्दा बढी विदेश भ्रमण स्वीकृत

काठमाडौं । देशको शान्ति सुरक्षा हेर्ने गृह मन्त्रालयले यस आर्थिक वर्षको पहिलो चार महिनामा आफ्ना १०३ कर्मचारीहरूको विदेश भ्रमण स्वीकृत गरेको छ। गृह मन्त्रालयका अनुसार यो आर्थिक वर्षको सुरु श्रावण १ गतेदेखि कार्तिक मसान्तसम्म गृहमन्त्रीका सुरक्षाविज्ञदेखि मन्त्रालय एवम् जिल्ला तहका उच्च र कनिष्ठ अधिकृतले भ्रमणको अनुमति पाएको उसको अभिलेखमा देखिन्छ। गत आर्थिक वर्ष कुल १०६ […]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० गतेसम्मका लागि स्थगित

काठमाडौं । सहमतिको प्रयास असफल भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० गतेसम्मका लागि स्थगित भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको थियो । तर रामचन्द्र पौडेल समूह नआउने भएपछि स्थगित गरिएको हो । १४औं महाधिवेशनको कार्यतालिका माग गर्दै पौडेल समूहले बैठक बहिस्कार गर्दै आएको छ । २०७७ फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन संस्थापन […]

एमसीसीसँगको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्ताव पारित गर्न काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले विकास र सहयोगसम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्ताव तत्काल सदनबाट पारित गर्न माग गरेको छ। संसद्को हिउँदे अधिवेशन सुरु हुनु अघिल्लो दिन बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले एसीसी सदनबाट पारित गर्न ढिलाइ गर्न नहुने धारणा सार्वजनिक गरेको हो। एमसीसीलाई लिएर सत्तारूढ दल […]

इजलासमा रोशनीको बेचैनी, दिइन यस्तो बयान

ललितपुर । हल्का रातो रङको कुर्ता, कालो सुरुवाल र कालै सलमा रोशनी शाही बिहीबार उच्च अदालत पाटन पुगिन्। उनकै जाहेरीका आधारमा जबर्जस्ती करणी उद्योग मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराको निवेदनउपर उच्चमा सुनुवाइ चल्दै थियो। उनी साढे ११ बजेतिर अदालतमा पुगेकी थिइन्। उनी अदालत परिसरमा पस्नुअघि मुख्य प्रवेशद्वारबाहिर केही समय रोकिइन्। अलमलमा परेजस्तो देखिन्थिन्। केही […]

बिओके प्रकरणपछि पूर्व सिइओ अजय श्रेष्ठ पहिलो पटक मिडियामा, के के भने ?

बैंक अफ काठमान्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत बिओके प्रकरणपछि पहिलो पटक मिडियामा आएका छन् । उनी नेपाल टेलिभिजन युज एचडिमा हरेक शनिबार राती ८:५०  बजे प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरो मार्फत पहिलोपटक नेपाली मिडियामा आएका हुन् । उनले उक्त कार्यक्रममा आफु पक्राउ पर्दादेखि अवका रणनीतिसम्मका कुराहरु खोलेका छन् । उनले अन्तर्वार्ताका क्रममा बिओकेले दिएको जाहेरी, […]

राजपा सरकारमा आउन चाहे एक/दुई जना राजीखुसी छोड्न तयार छौं – बास्कोटा

काठमाडौं । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा आउन चाहे सरकारले एक/दुई जना राजीखुसी छोड्न तयार रहेको बताए। ‘राजपा पनि सरकारलाई समर्थन गरेको पार्टी हो। बीचमा यस्तो खाल्डाखुल्डी के परेको थियो मन यताउती भाँच्चिएको थियो, त्यो मिल्यो,’ मन्त्री बाँस्कोटाले भने। राजपासँगको सहमतिले के असर गर्छ भन्ने कुरा […]

राजपासँगको सहमतिमा नेकपाका शीर्ष नेताको आपत्ति

काठमाडौँ । बुधबार साँझ राजपासँग भएको दुई सहमतिलाई लिएर नेकपाभित्रै खैलाबैला सुरु भएको छ । पार्टीको स्थायी समिति बैठकमा नेताहरुले के प्रयोजनका लागि राजपासँग अचानक सहमति गरेको भनेर प्रश्न उठाएका छन् । राजपासँग भएको सहमतिप्रति नेता माधवकुमार नेपाल, वामदेव गौतम, घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त र भीम रावललगायतका नेताहरुले असन्तुष्टि राखेका थिए। […]