बसको ठक्करबाट सहकर्मीको मृत्यु भएपछि विद्यार्थी आक्रोशित, सुकेधारा-चाबहिल क्षेत्र तनावग्रस्त

काठमाडौं । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा आगजनी गरेपछि सुकेधारा-चाबहिल क्षेत्रमा तनाव भएको छ । भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । बसको ठक्करबाट […]

जिल्ला सभापतिहरुको भेला माघभित्रै गर्ने पौडेल पक्षको निर्णय

काठमाडौँ । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूले राजधानीमा बृहत् भेला आयोजना गर्ने निर्णय गरेका छन् । महाधिवेशनको कार्यतालिका र भ्रातृसंस्थाको भागबन्डालाई लिएर पार्टीभित्र विवाद चर्किंदै गर्दा पौडेलपक्षीय १७ जिल्ला सभापतिको आइतबार राजधानीमा बसेको बैठकले माघ महिनाभित्र भेला गर्ने निर्णय गरेको हो । जिल्ला सभापतिसहित ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रकै प्रतिनिधि सहभागी हुने गरी भेला […]

जनमुक्ति सेनाले गाउँपालिका अध्यक्ष शाहीलाई गिरफ्तार गरेको खुलासा, हेर्नुहोस विज्ञप्तिसहित

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले दैलेख ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई गिरफ्तार गरेको पुष्टि गरेको छ । पार्टीका भेरी–कर्णाली ब्यूरो इन्चार्ज रवीले विज्ञप्ति जारी गरेर पार्टीमाथिको प्रतिबन्ध, दमन, हत्या र गिरफ्तारीको प्रतिरोधस्वरुप अध्यक्ष शाहीलाई गिरफ्तार गरेको बताएका छन् । रवीले विज्ञप्तिमा अध्यक्ष शाहीले चरम भ्रष्टाचार गरेको, कमिसन खाएको, पार्टी विरोधी गतिविधि गरेकोले गिरफ्तार गरेको […]

विप्लव नेकपाको युवा संगठनका उपत्यका संयोजक घिमिरे पक्राउ

काठमाडौं । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा संगठनका उपत्यका संयोजक राजु घिमिरे (सुजन )लाई पक्राउ गरेको छ । उपत्यका लगायत विभिन्न ठाउँमा उद्योगी तथा व्यवसायीलाई धम्क्याउँदै चन्दा असुली गर्ने गरेको आरोपमा घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महाशाखाबाट खटिएको टोलीले उनलाई ललितपुरको कुमारीपाटीबाट ६ थान मोबाईल र विप्लव माओवादीसंग सम्बन्धित विभिन्न दस्तावेजहरू […]

मंंसिर ५ मा महाधिवेशन गर्ने पौडेल समूहको प्रस्ताव

काठमाडौं । रामचन्द्र पौडेल समूहले नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर ५ मा गर्ने प्रस्ताव राखेको छ । संस्थापनसँग आइतबार भएको वार्तामा पौडेल समूहले २०७७ मंसिरकोे ५, ६, ७ र ८ मा गर्ने प्रस्ताव राखेको हो । ‘८ चरणको निर्वाचन गर्नुपर्नेछ, कुनै कारणवश एउटा मात्र ढिला भयो भने पनि डेडलाइन प्रभावित नहोस् भनेर मंसिरमा गरौं भनेका […]

राष्ट्रियसभा निर्वाचन : ११ दलले दिए दर्ताका लागि आयाेगमा निवेदन

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा भाग लिन दर्ताका लागि भन्दै ११ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रियसभाका १८ सदस्य निर्वाचित गर्न ९ माघमा निर्वाचन हुँदैछ । आयोगले दल दर्ताका लागि दिएको मंसिर २७ देखि पुस ६ गतेसम्मको समयमा तोकेको प्रक्रिया पुर्‍याएर ११ दलले निवेदन दिएका प्रवक्ता गिरिजा शर्माले जानकारी दिइन । आयोगका अनुसार दर्ताका […]

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न आग्रह

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदको जारी हिउँदे अधिवेशनबाट अनुमोदन गर्न मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)ले आग्रह गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्को बहस भइरहेका बेला एमसीए नेपालले पत्रकार सम्मेलन गरेर सम्झौता अनुमोदन गर्न आग्रह गरेको हो । कम्प्याक्ट सम्झौतामा उल्लेख गरिएका पूर्वाधार आयोजनाहरु समयमै सम्पन्न गर्न आफू प्रतिवद्ध रहेको […]

सुदूरपश्चिम प्रदेश सरकारभित्र कमिसनको चलखेल, वन कर्मचारीकाे नियम मिचेर सरुवा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारभित्र समायोजन भएका वन कर्मचारीकाे नियम मिचेर सरुवा गर्ने चलखेल सुरु भएको छ । त्यसको ट्रेलर मंगलबार मात्रै देखिएको छ । मंगलबार बझाङका सहायक वन अधिकृत किशाेर धामीलाई काज सरुवा गरी प्रदेश बनसचिबको कार्यालयमा ल्याइएको छ । उक्त ट्रेलरबाट आउने प्रतिक्रियालाई हेरेर पुस दोस्रो हप्तासम्म पूर्ण शंकर यादव, दिलिप यादव, जैबुद्दिन […]

ललिता निवास प्रकरणमा आफ्नै पूर्वप्रमुखविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले ‘ललिता निवास’ को जग्गा अनियमिततामा आफ्नै पूर्वप्रमुख दीप बस्न्यातसहितको मिलेमतो रहेको भन्दै छानबिन प्रतिवेदन पेस गरेको छ । अख्तियारकै एक महाशाखा प्रमुखको नेतृत्वमा बनेको अनुसन्धान टोलीले बस्न्यातसहितका सरकारी कर्मचारी र अन्य भूमाफियालाई भ्रष्टाचार मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको हो । आयुक्तहरूले प्रतिवेदन अध्ययन गरिरहेका छन् । कान्तिपुर दैनिकमा समाचार छ […]

फागुनभित्र भूमिहीन सुकुम्वासीहरु जग्गाधनी प्रमाणपत्र पाउँछन् – मन्त्री अर्याल

चितवन ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आउँदो फागुनभित्र भूमिहीन सुकुम्वासीले जग्गाधनी प्रमाणपत्र पाउने बताएकी छिन् । चितवनको खैरहनी नगरपालिका वडा नं १२ मा रहेको अन्नपूर्ण मध्यवर्ती सहकारी संस्थाको उद्घाटन गर्दै मन्त्री अर्यालले वर्तमान सरकार भूमिहीन सुकुम्वासी समस्या समधानका लागि आयोगमार्फत टुङ्ग्याउन लागेको बताइन् । “अब बन्ने कानूनले सुकुम्वासी भूमिहीन र अव्यवस्थित बसोबासको […]