ठेकेदार मनोज भेटवालले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ  । जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । बैंकिङ कसुरमा फरार रहेका भेटवाल नयाँदिल्लीबाट काठमाडौं फर्केलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंमा पुगेर आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । भेटवाललाई लामो समयदेखि प्रहरीले व्यापक खोजी गरे पनि उनी भारतको विभिन्न ठाउँमा लुक्दै आएका थिए। ७५ लाख १० हजार रुपैयाँ […]

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायूको प्रभावका कारण केही दिन मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आगामी तिन दिनको मौसमको पूर्वानमान जारी गर्दै आज विहान देशको केही पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। […]

कोरोनाभाइरस – मृतकको संख्या ४ हजार नाघ्यो, ४६ हजार बढीको विश्वका १ सय १३ मुलुकमा उपचार जारी

काठमाडौं ।कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ ‍सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भएको छ । ४६ हजार २ सय ८४ जनाको अहिले पनि विश्वका १ सय १३ वटा मुलुकमा […]

उच्च सतर्कता अपनाउन अपिल कतारमा रहेका नेपालीहरुलाई दूतावासको अत्यन्तै जरुरि अपिल

काठमाडाैं । नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । दूतावासले आज एक सूचना प्रकाशित गरी अत्यावश्यक अवस्थामा बोहक भेटघाट नगर्न आग्रह गरेको हो । कतार सरकाले अपनाएको सतर्कता र संवदेशनीलतालाई मध्यनजर गर्दै भौतिक सम्पर्क नराख्न र टेलिफोन […]

भारत – तीन वर्षीय बालकमा कोरोना संक्रमण भएको पुष्टि, बच्चाकी आमा नर्स

काठमाडौं । भारतमा तीन वर्षीय बालकमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । भारतमा कोरोनाबाट संक्रमित मध्ये केरल राज्यका उनी सबै भन्दा कम उमेरका बिरामी हुन् । इटलीबाट दुवई हुँदै सात मार्चमा उनी भारत आएका थिए । कोच्ची एयरपोर्टमा खटिएको कोरोना निगरानी समूहले स्वास्थ्य परिक्षण गर्ने क्रममा बालकमा हल्का ज्वरो देखिएको थियो । स्वास्थ्य विभागका […]

उपभोग्य वस्तुको अभाव छैन, कालोबजारी गरेको पाइए हदैसम्मको कारबाही हुन्छ – मन्त्री भट्ट

काठमाडौं । सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै सरकारले त्रासको समयमा कमाउने मौका यही हो भन्दै कालोबजारी गरिए, परल मूल्यभन्दा बढी लिए, सामान भएर पनि छैन भन्दै लुकाए […]

जर्मनी, फ्रान्स र स्पेनका नागरिकको अनअराइभल भिसामा पनि रोक

काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संभावित संक्रमण रोक्न भन्दै सरकारले थप ३ देशका नागरिकको अनअराइभल भिसामा रोक लगाएको छ ।सरकारले जर्मनी, फ्रान्स र स्पेनका नागरिकलाई विमानस्थलमै प्रदान गरिँदै आएको अनअराइभल भिसामा रोक लगाएको हो । अघिल्लो हप्ता मात्रै सरकारले जापान, चीन, हङकङ, इरान, इटाली र दक्षिणका नागरिकलाई प्रदान गरिँदै आएको अनअराइभल भिसामा रोक […]

कहिले डिस्चार्ज हुदैछन प्रधानमन्त्री ओली ? यस्तो छ चिकित्सकहरुको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकहरुले बुधबार सम्ममा डिस्चार्ज गर्ने तयारी गरेका छन् । गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले बुधबार सम्ममा डिस्चार्ज हुने सम्भावना रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्। स्वास्थ्य अवस्थामा सुधार भइरहेको र सामान्यतया मिर्गौला प्रत्यारोपण पछि कुनै जटिलता देखिएन भने प्रत्यारोपण गरीएको […]

कोरोना भाइरसका कारण तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा व्यापक असर

एजेनसी । कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ । लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको छ । यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०.१ प्रतिशत […]

अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई कोरोना देखिएपछि सँगै बस्ने चार जना पनि क्वारेन्टाइनमा

काठमाडाैं । नेपालबाट अस्ट्रेलिया आएका एक विद्यार्थीमा कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण देखिएको क्यानबेरास्थित नेपाली दूतावासले पुष्टि गरेको छ। हाल उनको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालको भनाइलाई उद्धृत गर्दै दूतावासले जनाएको छ। उक्त विषयमा राजदूतावासले नेपाल सोसाइटी अफ तास्मानिया र गैरआवासीय नेपाली संघ, तास्मानियासँग समन्वयन गरिएको बताएको छ। यद्यपी दूतावासले […]