जर्मनी, फ्रान्स र स्पेनका नागरिकको अनअराइभल भिसामा पनि रोक

Machchapuchchre

काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संभावित संक्रमण रोक्न भन्दै सरकारले थप ३ देशका नागरिकको अनअराइभल भिसामा रोक लगाएको छ ।सरकारले जर्मनी, फ्रान्स र स्पेनका नागरिकलाई विमानस्थलमै प्रदान गरिँदै आएको अनअराइभल भिसामा रोक लगाएको हो ।

अघिल्लो हप्ता मात्रै सरकारले जापान, चीन, हङकङ, इरान, इटाली र दक्षिणका नागरिकलाई प्रदान गरिँदै आएको अनअराइभल भिसामा रोक लगाएको थियो । अध्यागमन विभाग स्रोतका अनुसार जर्मनी, फ्रान्स र स्पेनमा पनि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेका कारण अनअराइभल भिसामा अस्थायी रोक लगाउने निर्णय गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्