कहिले डिस्चार्ज हुदैछन प्रधानमन्त्री ओली ? यस्तो छ चिकित्सकहरुको तयारी

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकहरुले बुधबार सम्ममा डिस्चार्ज गर्ने तयारी गरेका छन् । गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले बुधबार सम्ममा डिस्चार्ज हुने सम्भावना रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।

स्वास्थ्य अवस्थामा सुधार भइरहेको र सामान्यतया मिर्गौला प्रत्यारोपण पछि कुनै जटिलता देखिएन भने प्रत्यारोपण गरीएको एकसातामा बिरामीको डिस्चार्ज गर्न सकिने डा  पवन चालिसेले बताए । ‘उहाँको (प्रधानमन्त्रीको) पनि अहिलेसम्म कुनै जटिलता आएको छैन, स्वास्थ्य अवस्थामा धेरै राम्रो सुधार भइरहेको छ, त्यसैले बुधबार सम्ममा डिस्चार्ज हुने सम्भावना अधिक छ ’ उनले भने ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको आज एकसाता पूरा भइसकेको छ । डा चालिसेका अनुसार टिचिङ अस्पतालमा हरेक बुधबार दुईजना व्यक्तिको मिर्गौला प्रत्यारोपण हुन्छ । मिर्गौला प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्य अवस्थामा राम्रो भएमा अस्पतालले प्रत्यारोपण गरेको ५ दिनमै समेत डिस्चार्ज गर्ने गरेको छ ।

स्वास्थ्य अवस्थामा सुधार आउँदै गएको र डिस्चार्ज गर्ने तयारी भएको भएपनि प्रधानमन्त्रीसँग भेट गर्न कसैलाई पनि दिइएको छैन । प्रधानमन्त्री र उनलाई मिर्गौला दिने भाञ्जीलाई बालुवाटारबाट खान लगिने गरिएको भएपनि उक्त खाना भित्रै रहेका नर्सहरुले खुवाउने गरेका छन् ।

प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई पनि भेटका लागि समय उपलव्ध नगराइएको अस्पताल स्रोतको भनाइ छ । संक्रमण हुने डरले कसैलाई पनि भित्र जान नदिइएको अस्पताल स्रोतको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्