मे दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीको शुभकामना सन्देश: कमीकमजोरी भए सच्याउनुपर्छ तर अराजक बन्‍ने होइन

स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरु, मे दिवस २०२० को अवसरमा हार्दिक शुभकामना । वितेका १ सय ३१ बर्षदेखि औपचारिक रुपमा, मे १ का दिन, संसारभरिका श्रमिकहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छन् । यो दिन, काम गर्नेमाथि काम लगाउनेहरुबाट भएको ज्यादतिलाई अन्त्य गर्न ट्रेड युनियनहरूले शुरु गरेको आन्दोलनको स्मरणमा मनाउन थालिएको हो […]

बैशाख २५ गतेपछि लकडाउनको स्वोरुप परिबर्तन हुदै, यस्तो छ योजना:

अर्थ राजनीति – बैशाख २५ गतेपछि सरकारले लकडाउन खुकुलो बनाउने तयारीमा लागेको बुझिएको छ । केही हिमाली तथा पहाडी जिल्लामा लकडाउन खोल्न लागिएको छ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन श्रेणीमा विभाजन गरेर सोहीअनुसार लकडाउनको मोडालिटी बनाउन आन्तरिक गृहकार्य थालेको हो । […]

सर्वेन्द्र खनाल, र सांसदद्धय बस्नेत र श्रेष्ठविरुद्ध सांसद यादवद्धारा मानव अधिकार आयोगमा उजुरी

अर्थ राजनीति – महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय काठमाडौंले किटानी जाहेरी लिन अस्वीकार गरेपछि सांसद यादवले मानवअधिकार आयोगमा किटानी जाहेरी दिएका हुन् ।  समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् । किटानी जाहेरीमा […]

ओलीको प्रस्ताव : वामदेव प्रधानमन्त्री, नेपाल पनि अध्यक्ष

अर्थ राजनीति – पार्टीभित्रको विवाद समाधान गर्न भन्दै ल्याइएको प्रस्तावमा माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भन्ने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूलाई पद त्याग्न दबाब दिइरहेका नेताहरुसमक्ष यस्तो विकल्पका लागि प्रस्ताव पेश गरेका छन् । त्यसका लागि कोरोनाको वर्तमान संकट सकिनुपर्ने शर्त उनले […]

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५४ पुग्यो

अर्थ राजनीति – रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या तीन पुगेको जस मध्ये एक जना निको भएर घर फर्किसकेका छन । नेपालमा भने कुल संक्रमित संख्या ५४ पुगेको छ । जिल्लाको देवाही गोनाही नगरपालिका १ निवासी ३५ वर्षिय पुरुष तथा वृन्दावन नगरपालिका ९ निवासी २५ वर्षिय […]

कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो , ३० लाख भन्दा बढी संक्रमित

अर्थ राजनीति – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित भएका छन् । प्रभावित मध्ये एक तिहाई संयुक्त राज्य अमेरिकमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिका, इटाली र स्पेनमा संक्रमितहरुको संख्या अत्याधिक रहेको छ । हालसम्म कोरोनाका कारण विश्वभर दुई लाख ११ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ […]

लकडाउनमा घर बसेका कर्मचारीको सार्वजनिक विदा कायम, तलब भत्ता पाउने

अर्थ राजनीति – नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको साे अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ । आज नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो निर्णय गरेको हाे । सो सूचना अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब भत्ता पाउने […]

निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने

अर्थ राजनीति – मापदण्ड पुगेका निजी क्षेत्रका प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड—१९) परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको ‘गाइडलाइन फर दी इस्ट्याबलिसमेन्ट एण्ड अपरेशनलाइजेसन अफ मोलिक्युलर ल्याबोरेटोरिज फर कोभिड १९’ नामको निर्देशिका जारी गरेसँगै निजी प्रयोगशालाहरुले पनि कोरोना भाइरस परीक्षण गर्न पाउने भएका हुन् । […]

लकडाउन कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

अर्थ राजनीति – गृह मन्त्रालयले लकडाउनको उल्लंघन बढेको भन्दै कडाई गर्न मातहत निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयले सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका छन् । सडकमा सवारी साधनको चाप बढेको र लकडाउन खुकुलो भएको गुनासो बढेपछि […]