बैशाख २५ गतेपछि लकडाउनको स्वोरुप परिबर्तन हुदै, यस्तो छ योजना:

Machchapuchchre

अर्थ राजनीति – बैशाख २५ गतेपछि सरकारले लकडाउन खुकुलो बनाउने तयारीमा लागेको बुझिएको छ । केही हिमाली तथा पहाडी जिल्लामा लकडाउन खोल्न लागिएको छ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन श्रेणीमा विभाजन गरेर सोहीअनुसार लकडाउनको मोडालिटी बनाउन आन्तरिक गृहकार्य थालेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेनालगायत कार्यदलमा सहभागी अधिकारीहरू लकडाउनको मोडालिटी निर्माणमा खटिएका छन् । वैशाख २५ सम्म संक्रमितको अवस्था र संक्रमित रहेका जिल्लाको वस्तुस्थिति विश्लेषण गरेर नयाँ रणनीति बनाउने गरी गृहकार्य थालिएको हो ।

चैत ११ गतेदेखि लकडाउन जारि भएपछि अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र ठप्प छ । प्रशासनको अनुमतिबेगर मानिसको आवागमनमा रोक लगाइएको छ । नेपाल–भारत सीमा पूर्णरूपमा बन्द गरिएको छ । उद्योगरकलकारखाना, कृषिलगायत उत्पादनमूलक क्षेत्र बन्द भइसकेका छन् । तर विकल्पबिनै लकडाउनलाई निरन्तरता दिइए संकट सिर्जना हुन सक्ने देखिएपछि फरक ढंगमा यसको खाका बनाउन लागिएको हो ।

आगामी वैशाख २५ सम्म देशव्यापी रूपमा कडाइका साथ लकडाउन कार्यान्वयन गर्ने र त्यसपछि आवश्यकता, औचित्य र जोखिमलाई मध्यनजर गरेर क्षेत्रगत रणनीति अपनाउने गरी काम थालिएको स्रोतको दाबि छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्