आइतबार शितल निवासमा बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नियुक्त राजदूतहरुले गरे शपथ ग्रहण

अर्थ राजनीति ~ तीन जना नवनियुक्त राजदूतहरुले पद तथा गोपनियताको आइतबार शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । राजभण्डारी बेल्जियमका लागि, अधिकारी पाकिस्तानका लागि र खड्का जर्मनीका लागि नेपाली राजदूतमा नियुक्त भएका छन ।

नेपाली कांग्रेश पदाधिकारी बैठक आज देउसो एक बजे बस्दै

अर्थ राजनीति ~ कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने […]

उज्वल ठकुरीले सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त गरे

अर्थ राजनीति ~ नेपाली जन्मभूमिका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त गरेका छन । आधा दर्जनभन्दा ज्यादा विश्व कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम विश्वको अगाडि राख्न पाउँदा एकदमै गर्व लगाएको बताए । फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी तौल राखी […]

कोरोना संक्रमणबाट ३८ जनाको मृत्य

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट थप ३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । काठमाडौंमा मात्र १६ जनाको मृत्यु भएको छ । यस्तै झापाका ४ जना, कास्‍कीका ३ जना, ललितपुर, र रुपन्देहीका २/२ जना, सुनसरी, मोरङ, बारा काभ्रे, गोरखा, नुवाकोट, चितवन, अर्घाखाँची, बाँके सुर्खेत र कैलालीका १/१ जनाको मृत्यु भएको सम्बन्धित […]

जसपा सांसदले मासिक १५ हजार लेबी तोक्यो

अर्थ राजनीति ~ जनता समाजवादी पार्टीका संघीय सांसदहरूको मासिक लेवी तोकिएको छ । केन्द्रीय कार्यकारिणी समिति बैठकले संघीय सांसदहरूसँग जनही १५ हजार रुपैयाँ लेवी लिने निर्णय भएको एक नेताले जानकारी दिए । केन्द्रीय कार्यकारी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, संघीय परिषद र राष्ट्रिय समितिका सदस्यहरूले २५० देखि एक हजार रुपैयाँ मासिक लेबी तोकिएको छ । […]

बलात्कार गरेको आरोपमा धामी पक्राउ

अर्थ राजनीति ~ उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन ।पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए । उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक-पटक यौन तथा आर्थिक शोषण […]

पूर्व प्रमुखसचिव खनालको निधन

अर्थ राजनीति ~ तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए ।

नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

अर्थ राजनीति ~ १५ देखि १७ गतेसम्म निर्धारण गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर स्थगित बैठक अब मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिएको जानकारी दिएका छन् । बढ्दो कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको उनीहरुले विज्ञप्तिमा […]

२७५७० मा कोरोना संक्रमण पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २११ महिला र ३५९ पुरुष छन् । यससँगै नेपालमा कुल […]

बिहार विधानसभाको लागि पहिलो चरणको मतदान

अर्थ राजनीति ~ कोरोना महामारीका बाबजुद भारतको बिहारमा विधानसभाका लागि आज पहिलो चरणको मतदान भएको छ । मतदान तीन चरणमा हुने भएको छ । आज पहिलो चरणमा १६ जिल्लाका ७१ सिटमा मतदान भइरहेको हो । ९५२ पुरुष र ११४ महिला गरी १ हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा छन् । दोस्रो चरणको मतदान ३ नोभेम्बरमा […]