बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमणको पुष्टि

अर्थ राजनीति ~ बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए । उनि घरमै आइसोलेसनमा बसेका छन ।

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश एमी कोने ब्यारेट नियुक्त

अर्थ राजनीति ~ अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोने ब्यारेट नियुक्त भएकी छिन ।न्यायाधीश पदमा नियुक्त एमी कोने ब्यारेटले शपथग्रहण गरेकी छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले गत सेप्टेम्बर २६ मा ४८ वर्षीय ब्यारेटलाई न्यायाधीश मनोनयन गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित ब्यारेटको नाम माथिल्लो सदन सिनेटले सोमबार पारित गरेको थियो । अमेरिकामा राष्ट्रपतिको मनोनयनलाई […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं, चिततवन र रुपन्देहीका २/२ जना, सुनसरी, सप्तरी, भक्तपुर, ललितपुर र गोरखाका १/१ जनाको मृत्यु भएको विभिन्न अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जानकारी दिएका छन् ।

संक्रमितको संख्या घट्दो २७२५ जनाको पीसीआर परीक्षणमा , ५७० मा मात्र संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र २७२५ नाममा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । यससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना […]

आज दसैंको मुख्य दिन, टीका–जमरासहित मान्यजनबाट आशिर्वाद ग्रहण गरिँदै

दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक […]

स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरी चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गर्नुभएको छ ।बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दूरी कायम र पटक–पटक साबुनपानीले हात धुने वा […]

व्यावसायी वसन्त चौधरीलाई कोरोना संक्रमण

अर्थ राजनीति ~ व्यावसायी वसन्त चौधरी नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका छन् । नर्भिक अस्पतालका अध्यक्ष चौधरीले आफ्नो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएका छन् । कोरोनाको केही लक्षण देखिएको र चिकित्सकको सल्लाह अनुसार घरमै आइसोलेसनमा बसेको चौधरीले बताए ।

दशैँमा पनि रास्ट्रीय मानव अधिकार आयोग खुल्ने

अर्थ राजनीति ~ राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनका घटनाको उजुरी दसैँ विदामा पनि लिने भएको छ । त्यसका लागि दसैँका विदामा पनि केन्द्रीय र प्रदेश कार्यालय दिउँसो १२ देखि २ बजेसम्म खुल्ला रहने आयोगका सचिव वेद भट्टराईले जानकारी दिएका छन । आयोगले नियमित रुपमा सञ्चार अनुगमन तथा गम्भीर प्रकृतिका घटनाको पनि आवश्यकताअनुसार अनुगमन […]

राष्ट्रपतिको दुई महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा दिने

अर्थ राजनीति ~ राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापतको रकम प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापत प्राप्त हुने रकम प्रदान गरेको जानकारी दिएको छ ।

यमनमा युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको पहल

अर्थ राजनीति ~ संयुक्त राष्ट्रसंघले यमनमा युद्धरत दुवै पक्षलाई युद्धविराम गर्न र शान्ति वार्ताको बाटो रोज्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताएका हुन् । […]