अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश एमी कोने ब्यारेट नियुक्त

Machchapuchchre

अर्थ राजनीति ~ अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोने ब्यारेट नियुक्त भएकी छिन ।न्यायाधीश पदमा नियुक्त एमी कोने ब्यारेटले शपथग्रहण गरेकी छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले गत सेप्टेम्बर २६ मा ४८ वर्षीय ब्यारेटलाई न्यायाधीश मनोनयन गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित ब्यारेटको नाम माथिल्लो सदन सिनेटले सोमबार पारित गरेको थियो । अमेरिकामा राष्ट्रपतिको मनोनयनलाई सिनेटबाट पारित गर्नुपर्ने व्यवस्था छ । ब्यारेट यसअघि संयुक्तराज्य मेरिकाको सातौँ सर्किटको पुनरावेदन अदालतमा न्यायाधीश थिइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्