राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शनिबार हिजो साँझ पौने ६ बजे भेटवार्ता भएको हो । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला आउने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिहएको छ ।

पेट्रोलियम पाइपलाइनले नेपाल आयल निगमको चार अर्ब जोगियो

अर्थ राजनीति  ~  मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएपछि नेपाल आयल निगमको करिब ४ अर्ब रुपैयाँ जोगिएको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट डिजेल आयात गर्दा ढुवानी खर्चबापतको ३ अर्ब २४ करोड ४१ लाख रुपैयाँ र तापक्रम तथा प्राविधिक नोक्सानीबापत तिर्नुपर्ने ७५ करोड ३४ लाख रुपैयाँ बचत भएको हो। पेट्रोलियम पाइपलाइनले डिजेलको […]

एक डोज वाला अमेरिकी खोप भोलि बिहान आइपुग्ने

अर्थ राजनीति  ~  अमेरिकाले नेपाललाई प्रदान गरेको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप सोमबार काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताएका छन् । डा. भट्टराईले अमेरिकाले दिने खोप सोमबार बिहान काठमाडौं आइपुग्ने जानकारी ट्वीटर मार्फत गराएका हुन् । अमेरिकाले कोभ्याक्स मार्फत प्रदान गरेको सो खोप एक डोज लगाए पुग्ने भएकाले […]

सबै नेपालीलाई काेभिड खोप लगाउँछौंः प्रधानमन्त्री

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले खोप निरन्तर ल्याएर जनतालाई सुरक्षित पार्न लागि परेको बताउनुभएको छ । आज वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै ओलीले २०२१ सम्म सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने बताउनुभएको हो । भ्याक्सिन नपाएर मर्नपर्ने स्थिति अब नआउने उहाँले बताउनुभयो । विश्वबाट नै कोभिड नहटेसम्म सबैलाई सजगता अपनाउन उहाँले आग्रह गर्नुभयो […]

कांग्रेसमा अब एक्काइसौं शताब्दीलाई बुझ्ने व्यक्ति आउनुपर्छ

अर्थ राजनीति ~  नेपाली कांगे्रसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म संघीय राजधानी काठमाडौंमा हुँदैछ । साउन १६ गतेदेखि वडातहबाट नेतृत्व छनोट प्रक्रिया सुरु हुँदै भदौमा अधिवेशनले नयाँ नेतृत्व चुन्नेछ । त्यसै कारण हाल नेपाली कांग्रेसमा राजनीतिक गर्मागर्मी बढेको छ । केन्द्रमा पनि केन्द्रीय सभापतिको उम्मेदवार घोषणा गर्न गुटगत भेला चलिरहेका छन् । […]

काठमाडौंमा मेलम्चीको पानी कम्तिमा एक वर्ष नआउने

अर्थ राजनीति  ~  मेलम्चीको पानी राजधानीबासीको धारामा पुनः आउनका लागि कम्तिमा पनि एक वर्षभन्दा बढी समय लाग्ने भएको छ। फाष्ट ट्रयाकमा काम हुँदा समेत आयोजनाको पानी काठमाडौंमा वितरण गर्नका लागि कम्तिमा एक वर्ष लाग्ने देखिएको आयोजनाका एक साइट इन्जिनियरले बताए।’एकदमै राम्रो काम गर्ने कम्पनी पर्यो भने वर्ष दिनमा टनेलमा पानी हाल्न सकिन्छ कि भन्ने हाम्रो […]

स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा

अर्थ राजनीति  ~   स्टार्टअप बिजनेशमा लाग्नेलाई प्रोत्साहन गर्न १ प्रतिशत ब्याजदरमा शुरुआती बीउ पूँजीका रूपमा सरकारले दिन लागेको कर्जा प्रवाहका लागि त्यससम्बन्धी कार्यविधि तयार पारिएको छ । अर्थ मन्त्रालयका अधिकारीहरूको संयोजकत्वमा गठित एक कार्यदलले कार्यविधि तयार गरिसकेको र केही दिनमै उक्त कार्यविधिलाई मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरिएको हो । यो कार्यक्रमलाई लामो समयदेखि रूप […]

विश्वास गर्न नसक्दा एमालेमा कुरा मिल्न सकेन

अर्थ राजनीति ~  एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन। दई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा बिहीबार बस्ने भनेको कार्यदलको बैठक बस्न सकेन। २०७५ जेठ २ को पार्टी संरचनामा फर्कन ओलीले आनाकानी गरेकाले अन्य विषयमा विश्वास […]

सरकारले चीनबाट किनेको कोरोनाविरूद्धको खोप आइपुग्यो

अर्थ राजनीति  ~  सरकारले चीनबाट किनेको कोरोनाविरूद्ध दिइने ८ लाख डोज खोप आज नेपाल आइपुगेको छ। शुक्रबार बिहान नेपाल बायुसेवा निगमको जहाजले खोप काठमाडौं ल्याइपुर्‍याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ। सरकारले भेरोसेल खोप ल्याएको हो। खोप लिन बिहीबार निगमको जहाज चीन गएको थियो। ६० वर्ष उमेर समूहकालाई लगाउन सरकारले खोप ल्याएको हो। खोप […]

वायुसेवा निगमको निजीकरणबारे मन्त्रालयका प्रवक्ताको प्रष्टोक्ति

अर्थ राजनीति  ~  नेपाल वायु सेवा निगमलाई निजीकरण गर्न खोजेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारले बजेटमा घोषणा गरेअनुसार निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्न सकिने सम्भावनाबारे अध्ययन सुरु गरेको छ । सामान्यतया सरकारले घाटामा गएका सार्वजनिक संस्थान निजीकरण गर्न चासो राख्ने गरेको पाइन्छ । घाटामा गएका संस्थानलाई सरकारले निजीकरण गर्नु नै उपयुक्त विकल्पका रुपमा […]