सरकारले चीनबाट किनेको कोरोनाविरूद्धको खोप आइपुग्यो

Machchapuchchre Bank

अर्थ राजनीति  ~  सरकारले चीनबाट किनेको कोरोनाविरूद्ध दिइने ८ लाख डोज खोप आज नेपाल आइपुगेको छ। शुक्रबार बिहान नेपाल बायुसेवा निगमको जहाजले खोप काठमाडौं ल्याइपुर्‍याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ। सरकारले भेरोसेल खोप ल्याएको हो। खोप लिन बिहीबार निगमको जहाज चीन गएको थियो। ६० वर्ष उमेर समूहकालाई लगाउन सरकारले खोप ल्याएको हो। खोप लिनका लागि निगमको जहाज अब दुईपटक चीन जाँदैछ। असार ३१ र साउन ७ मा निगमको जहाज चीन जानेछ। खोप लिएर साउन १ र असार ८ मा जहाज नेपाल तालिका छ। सरकारले करिब ४० लाख खोप चीनबाट ल्याउन लागेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्