गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारीमा

अर्थ राजनीति ~  पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । सो सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको हो र  हवाई पूर्वाधारका मुख्य २ ठूला आयोजनाहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ६ महीनादेखि १ वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ । त्रिभूवन अन्तरराष्ट्रिय […]

माधव नेपालले भने- ‘अध्यक्ष होइन, समान अधिकार चाहिन्छ’

अर्थ राजनीति  ~  एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई पार्टीभित्रै राख्ने योजना बनाएका छन्  तर नेता नेपालले दोस्रो अध्यक्ष अस्वीकार गर्दै पार्टी एकताका लागि ओलीलाई भएजति अधिकार आफूले पनि प्रयोग गर्नु पाउनुपर्ने बताएका […]

एक साताभित्रै ३२ लाख डोज कोरोना खोप आइपुग्दै

अर्थ राजनीति  ~  चीन र जापान सरकारले अनुदानमार्फत् दिने भनेर घोषणा गरेको कोरोना खोप यसै साताभित्र नेपाल आउने भएको छ। आइतबार गृह मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोप यही साताभित्र आउने जानकारी गराए। केही समयअघि चीन र जापानले अनुदानस्वरुप नेपाललाई १६/१६ लाख डोज खोप दिने भनेका […]

सत्ता साझेदार दलको कार्यदल बैठक सुरु

अर्थ राजनीति  ~  सत्ता साझेदार दलहरुको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बैठक बसेको हो । सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न बैठक बसेको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदललको पहिलो बैठकमा सरकारका कार्यक्रमबारे प्रारम्भिक छलफल भएको थियो । आजको बैठकमा मिहिन रुपमा छलफल हुने र न्युनतम […]

सरकारले दमनको बाटो लिएको अध्यक्ष केपी शर्मा ओलीको दाबी

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिनु भएको छ । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताएका हुन् । तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा […]

आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको सम्भावना

अर्थ राजनीति ~  नेकपा माओवादी केन्द्रले आज स्थायी समितिको बैठक बोलाएको छ । बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जनाइएको छ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको बारेमा छलफल हुने नेता देवेन्द्र पौडेलले बताउनुभयो । सरकारमा जाने मन्त्रीको बारेमा जसपाले पनि पछिल्ला केही दिनदेखि औपचारिक तथा अनौपचारिक छलफल चलाउँदै आएको छ […]

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति अझै सार्वजनिक हुन सकेन

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले विगतमा साउन पहिलो साता सार्वजनिक गथ्र्यो, मौद्रिक नीति । चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि कुनै छाँटकाँट छैन। नीति ल्याउने तयारी भइरहँदा अर्थमन्त्री परिवर्तन भए। त्यसपछि बजेट संशोधन गर्ने भनिएकाले ढिलाइ भएको हो। राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बजेटले के–के अंकले मौद्रिक नीतिलाई प्रत्यक्ष प्रभाव पार्छ भनेर हेर्न […]

जसपाभित्रै बसेर नयाँ पार्टी खोल्ने ठाकुर–महतोको दाउ

अर्थ राजनीति  ~ आफू पक्षीय सांसदको पद जोगाउन महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष तत्काल नयाँ पार्टी घोषणाका लागि नहतारिने भएको छ। तर भित्रभित्रै नयाँ पार्टीकै अभ्यास भने अघि बढाउने सो पक्षको तयारी छ। ठाकुर र महतोले यसै साता आफूनिकट कानुन व्यवसायीसँग सरसल्लाह गरेका थिए। स्रोतका अनुसार नयाँ पार्टी घोषणा गरे कानुनी रूपमा जनता समाजवादी पार्टी (जसपा) […]

केन्द्रीय समितिका एजेण्डा तय गर्न माओवादी बैठक बस्दै

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ । बैठक ११ बजेपछि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेता श्रेष्ठका अनुसार आजको बैठकमा साउन २० गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ । साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।

वरिष्ठ नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

अर्थ राजनीति  ~  एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कोटेश्वरमा भेटवार्ता चलिरहेको छ। सत्ता सहकार्यबारे छलफल गर्न नेता नेपाललाई भेट्न प्रचण्ड उनको निवासमै पुगेका हुन्। एमालेको माधव समूहलाई सरकारमा ल्याउने कसरतमा दाहाल लागि परेका छन्। तर माधव समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ । पार्टी […]