गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारीमा

Machchapuchchre

अर्थ राजनीति ~  पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । सो सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको हो र  हवाई पूर्वाधारका मुख्य २ ठूला आयोजनाहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ६ महीनादेखि १ वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा अघि बढाइएको गौतमबुद्ध ६ महीनाभित्र र पोखरा क्षेत्रीय विमानस्थल १ वर्षभित्र सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी गरेको हो । गौतमबुद्ध विमानस्थलका सबै प्रक्रिया पूरा गरेर ६ महीनाभित्र सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । अहिले विमानस्थलको भौतिक प्रगति ९७ दशमलव ३३ प्रतिशत पुगेसँगै क्यालिब्रेशन फ्लाइटको तयारी गरिएको छ । क्यालिब्रेशन फ्लाइट , उडान, रनवे सही छ, कि छैन, लाइटिङ प्रणाली, हवाई सञ्चार अर्थात् टावर कम्युनिकेशन, ल्यान्डिङलगायतमा कुनै समस्या छ कि छैन र राडरहरूको पोइन्ट स्पष्ट देखिन्छ कि देखिँदैन भन्नेलगायत विषयहरू पत्ता लगाउन गरिन्छ । क्यालिब्रेशन उडान गर्ने कम्पनीले प्रतिवेदन पनि दिनुपर्छ । यस्तो उडानमा कुनै समस्या तथा कमजोरी भएमा सुधार गरेपछि मात्रै परीक्षण उडान हुन्छ । काठमाडौंको त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलका साथसाथै अन्य विमानस्थलहरूमा पनि २/३ वर्षको अन्तरालमा केलिब्रेशन फ्लाइट गर्दै आएको उनले बताए । गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि थाइल्यान्डको ‘एरो थाइ कम्पनी’सँग सहमति भए पनि कोरोना भाइरस ९कोभिड–१९ का कारण केही ढिलाइ भएको क्षत्रीले जानकारी दिए  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्