एक साताभित्रै ३२ लाख डोज कोरोना खोप आइपुग्दै

Machchapuchchre

अर्थ राजनीति  ~  चीन र जापान सरकारले अनुदानमार्फत् दिने भनेर घोषणा गरेको कोरोना खोप यसै साताभित्र नेपाल आउने भएको छ। आइतबार गृह मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोप यही साताभित्र आउने जानकारी गराए। केही समयअघि चीन र जापानले अनुदानस्वरुप नेपाललाई १६/१६ लाख डोज खोप दिने भनेका थिए। चीनले यसअघि पनि नेपाललाई दुई चरणमा १८ लाख भेरोसेल खोप अनुदानमा दिएको थियो। त्यसबाहेक सरकारले चीनसँग ४० लाख डोज खोप पनि खरिद गरिसकेको छ। सोही खोप अहिले देशभर लगाइराखिएको छ। जापानले भने खोप पहिलोपटक दिन लागेको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्