सोमबार नेप्सेमा देखियो सुरुवाती उत्साह

Machchapuchchre

अर्थ राजनीति  ~  साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सुरुवाती उत्साह देखिएको छ। पहिलो १५ मिनेटमा नै नेप्से परिसूचकमा १० अङ्क माथिको बढोत्तरी देखिएको छ। सोमबार प्रि-ओपनिङमा नै नेप्से परिसूचक ६।९० अङ्कले बढेर ३०८७।९१ अङ्क पुगेको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार प्रि-ओपनिङमा ६८ वटा कम्पनीको कारोबार भएको छ । जसमा ४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । सो समयमा १४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । प्रि–ओपनिङमा नेपाल फाइनान्स, अपिपावर कम्पनी, वोमी माइक्रोफाइनान्स, समता घरेलु, सिनर्जी पावर, युनाइटेड इन्स्योरेन्स लगायतका कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी १५ मिनेट भित्रै घ्याम्दी हाइड्रो लिमिटेड, कालिका पावरको मुल्यमा सकारात्मक सर्किट लागिसकेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्