थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न: डा. शेखर

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रबाट विधान विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताउनुभएको छ । कांग्रेसको महाधिवेशन अनिश्चित भएको समयमा डा. कोइरालाको यस्तो भनाइ आएको हो । कांग्रेसमा पार्टी समायोजनका नाममा ठूलो संख्यामा गैर कांग्रेसलाई क्रियाशील वितरण गरिएको आरोप छ । जसले गर्दा विभिन्न जिल्लामा कांग्रेस […]

दुई नगरसँग काठमाडौँ महानगरपालिकालेले जोड्यो भगिनी सम्बन्ध

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिकाले थप दुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । कामपाले मङ्गलबार प्रदेश नं १ को पाख्रीबास नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकासँग सम्बन्ध स्थापनामा हस्ताक्षर गरेको हो । समझदारीपत्रमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य तथा अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले हस्ताक्षर गरेका […]

सहमति कार्यान्वयन गर्न सरकारलाई नेता बाँस्तोलाको आग्रह

अर्थ राजनीति ~  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयन नगरेको बताएका छन् । नवलपुरको प्रगतिनगरमा पार्टीको श्रद्धाञ्जलि सभामा बोल्दै उनले तीन बुँदे सहमतिमध्ये पार्टी मात्रै खुला भएको तर अन्य सहमतिहरु पालना नभएको  गुनासो गरे । तत्काल सहमति कार्यान्वयन गर्न उनले सरकारसँग माग पनि गरे […]

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: घिसिङ नियुक्त

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा पुन: कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनःप्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको […]

नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

अर्थ राजनीति  ~  गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले हालसम्म संघले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन  । यस्तै पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन […]

अघिल्ला सरकारका निर्णय धमाधम उल्ट्याउँदै देउवा सरकार

अर्थ राजनीति ~  पूर्ववर्ती सरकारले गरेका निर्णय पाँचदलीय गठबन्धनको सहयोगबाट बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले उल्ट्याउन थालेका छन् ।अघिल्लो सरकारले व्यवस्था गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजदेखि व्यापारघाटा नियन्त्रणका लागि ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने र त्यसको ढुवानीका लागि खानीक्षेत्रबाट सीमाक्षेत्रसम्म केबलकारको निर्माण गर्नेसम्मको घोषणालाई रोक लगाउनेसम्मको कार्य अघि बढ्नुले सरकारले अघिल्लो सरकारका निर्णय धमाधम उल्ट्याउन […]

काठमाडौंका अस्पतालमा बिरामीको चाप बढ्यो, छलफलमा सिडिओ

अर्थ राजनीति ~  पछिल्लो केही दिनयता देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। त्यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकाभित्र देखिएको छ। काठमाडौं उपत्यका भित्र दैनिक ५ सय भन्दा बढी कोरोनाका संक्रमितहरु थपिँदै गएका छन्। संक्रमितको संख्या थपिदैं जाँदा काठमाडौँका अस्पतालहरू पुनः भरिभराउ देखिन थालेका छन्। शनिबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अस्पतालमा बिरामीको चाप बढेको भन्दै सबै […]

आज नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले संसदमा सम्बोधन गर्दै

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज संसद सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओली संसदमा बोलेका छैनन् । साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए । तर आज ओलीले सम्बोधन गर्ने कार्यसूची बनेको छ । प्रतिनिधिसभा बैठक दिउँसो एक […]

काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ । महानगरपालिकाले विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गर्दै आएको छ । गत असार १६ गते कामपाले पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । यसपछि केही […]

नेविसंघ र अखिल क्रान्तिकारीद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

अर्थ राजनीति  ~  मंगलबार बिहान नेविसंघ र अखिलका क्रान्तिकारी संघका विद्यार्थी नेता तथा कार्यकर्ताहले बुटवल स्थित लुम्बिनी वाणिज्य क्यामपसमा तोडफोड गरेका छन् । मोटरसाइकलमा आएको समूहले क्याम्पसको लेखा शाखा, परीक्षा शाखालगायतका कार्यालयमा रहेका कम्प्यूटर दराज लगायत समान तोडफोड गरेको क्याम्पस प्रमुख प्रा.डा ताराप्रसाद उपाध्यायले बताए । तोडफोडबाट करिब ७ देखि १० लाख रुपैयाँसम्मको क्षति पुगेको […]