नेविसंघ र अखिल क्रान्तिकारीद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

Machchapuchchre

अर्थ राजनीति  ~  मंगलबार बिहान नेविसंघ र अखिलका क्रान्तिकारी संघका विद्यार्थी नेता तथा कार्यकर्ताहले बुटवल स्थित लुम्बिनी वाणिज्य क्यामपसमा तोडफोड गरेका छन् । मोटरसाइकलमा आएको समूहले क्याम्पसको लेखा शाखा, परीक्षा शाखालगायतका कार्यालयमा रहेका कम्प्यूटर दराज लगायत समान तोडफोड गरेको क्याम्पस प्रमुख प्रा.डा ताराप्रसाद उपाध्यायले बताए । तोडफोडबाट करिब ७ देखि १० लाख रुपैयाँसम्मको क्षति पुगेको उनको भनाइ छ । विभिन्न माग राख्दै आएका विद्यार्थी संठगनहरुले यसअघि पनि क्पाम्पसमा तालाबन्दी गरेका थिए । उपाध्यायका अनुसार लुम्बिनी वाणिज्य क्याम्पसको २०६६ सालको विधान बमोजिम दीर्घकालिन योजना अनुसार क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने कार्ययोजना रहेको थियो । सोही योजना अन्तर्गत २०७७ सालमा क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने काम अघि बढेको थियो । त्यसपछि क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्नुहुँदैन र पुरानै ढर्रामा सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उर्तिएको क्याम्पस प्रमुख उपाध्यायले बताए । उनका अनुसार अहिले क्याम्पसले त्रिभूवन विश्वविद्यालयको स्वायत्तता २०६३ र संसोधन ०६३ बमोजिम हामीले त्रिविका कार्यक्रमहरु नियम अनुसार सञ्चालन गरिरहेको छ । संगठनले यी सबै कुरा खारेज गर्नुपर्ने र संस्थालाई पुरानै ढर्रामा चलाउनु पर्ने माग राखेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्