राजनीतिक दलसम्बन्धी अध्यादेशको कांग्रेसकै नेताहरुद्वारा विरोध

अर्थ राजनीति  ~  सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको सत्तारुढ पार्टी नेपाली कांग्रेसकै नेताहरुले विरोध जनाएका छन् । कांग्रेसका नेता डा. शेखर कोइराले अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने बताएका छन् । ‘सरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याइएको हुनसक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न।’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका […]

नयाँ दल दर्ता : शीतल निवासपछि माधव समूह आयोग जाने तयारीमा

अर्थ राजनीति  ~  अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सकिएपछि एमालेको असन्तुष्ट पक्ष (माधव नेपाल समूह) नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको छ । सरकारले दल विभाजनसम्बन्धी प्रावधान खुकुलो हुने गरी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेसँगै एमालेको माधव नेपाल समूह नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको हो । मंगलबार सरकारले राजनीतिक दल सम्बन्धी ऐन […]

अधिवेशन अन्त्यको विरोध गर्ने , सभामुखले झुक्याए – उपनेता नेम्वाङ

अर्थ राजनीति  ~  नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले झुक्याएको बताएका छन् । मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकमा एमाले नेता नेम्वाङले सभामुख सापकोटासँग भएको एउटा भेटबारे ब्रिफिङ गरे । ‘हामीले सभामुखलाई भेटेर अफगानिस्तानमा रहेका नेपालीको चाँडो उद्धार गर्न सरकारलाई ध्यानाकर्षण गराउन भनेका थियौं’ नेम्वाङले बैठकमा सुनाए, ‘उहाँले भोलि सरकारको […]

सरकारले ल्यायो दल विभाजनसम्बन्धी अध्यादेश

अर्थ राजनीति  ~  सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु-याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो ।यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो […]

उपाध्यक्ष डा. केसी: ” एनआरएनए हाँक्नलाई म परिपक्व छु”

अर्थ राजनीति  ~  गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आफू एनआरएन हाक्नलाई परिपक्व भएको बताएका छन् । गैरआवासीय नेपली संघको दशौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका डा.केसीले आफू परिपक्व उम्मेदवार भएको बताएका हुन्। उनले भने, ‘म आफैं पनि एनआरएनए हाँक्नलाई म परिपक्व छु भन्नेमा मभन्दा पनि बढी तपाईंहरु […]

अमेरिका : ट्रम्पले मागे राष्ट्रपति बाइडनको राजीनामा

अर्थ राजनीति  ~  अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडनको राजीनामा मागेका छन् । अफगानिस्तानबाट असरफ घानी नेतृत्वको सरकार परास्त हुनुमा बाइडन प्रशासन जिम्मेवार रहेको भन्दै उनले बाइडनको राजीनामा मागेका हुन् । अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक घानी सरकारलाई टिकाइराख्‍न र तालिबान लडाकूहरूलाई पराजित गर्न बाइडन प्रशासन असफल भएको ट्रम्पको भनाइ छ । ट्रम्पले लेखेका […]

अनशनरत भूतपूर्व गोरखा सैनिकहरूलाई हतोत्साही नगर्न नेता रावलको आग्रह

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भिमबहादुर रावलले सरकारले बेलायतमा अनशनरत पूर्वगोरखा सैनिकहरूलाई हतोत्साही गर्ने गतिविधि गरिरहेको आरोप लगाए । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उपाध्यक्ष रावलले सरकारले भूतपूर्व गोरखाहरूको माग पुरा गराउनका लागि कूटनीतिक पहल गर्दै उनीहरूको जीवन रक्षा गर्न सरकारले पहल गर्नुपर्नेमा परराष्ट्र मन्त्रालयले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई लेखेको पत्रमा गोर्खाहरू […]

महासचिव बैद्य : ” राजनीतिक दलहरू मात्र नभई संसदीय व्यवस्था नै असफल “

अर्थ राजनीति  ~  नेकपा (क्रान्तिकारी माओवादी) ले संसदवादी तथा संशोधनवादी राजनीतिक दलहरू मात्र नभई संसदीय व्यवस्था नै असफल बन्दै गएको कुराका परिणाम हुन् भन्ने निष्कर्ष निकालेको छ । महासचिव मोहन वैद्य ‘किरण’को अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समिति बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा महासचिव किरणले अहिले विकसित हुँदै गइरहेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थिति, पार्टी […]

प्रधानमन्त्री देउवा र ठाकुर पक्षका नेताहरुबीच बालुवाटारमा भेटवार्ता

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत बालुवाटार पुगेका थिए । भेटमा ठाकुर पक्षका नेताहरुले दल विभाजनसम्बन्धी अध्यादेशबारे चासो राखेको थिए । ठाकुर पक्षका नेता […]

गठबन्धन सरकार अध्यादेश मार्फत मुलुक चलाउने तयारीमा

अर्थ राजनीति  ~  शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले हठात् संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत मुलुक चलाउने योजना बनाएको छ । त्यसको तयारीस्वरुप सोमबार रातिबाट सरकारले सङ्घीय संसद्का दुवै अधिवेशन अन्त्य गरिसकेको छ । सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापना भएको प्रतिनिधि सभाको अधिवेशन साउन ३ गतेबाट सुरु भएको थियो । तर, करिब एक महिना कुनै कामै नगरी […]