गठबन्धन सरकार अध्यादेश मार्फत मुलुक चलाउने तयारीमा

Machchapuchchre

अर्थ राजनीति  ~  शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले हठात् संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत मुलुक चलाउने योजना बनाएको छ । त्यसको तयारीस्वरुप सोमबार रातिबाट सरकारले सङ्घीय संसद्का दुवै अधिवेशन अन्त्य गरिसकेको छ । सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापना भएको प्रतिनिधि सभाको अधिवेशन साउन ३ गतेबाट सुरु भएको थियो । तर, करिब एक महिना कुनै कामै नगरी सरकारले साउन ३२ गतेबाट अधिवेशन अन्त्य गरिदिएको छ । संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशको बलमा सरकार अघि बढ्न लागेपछि वर्तमान सरकारलाई पनि अघिल्लो केपी ओली सरकारसँग तुलना गर्न थालिएको छ । ओलीले २०७७ वैशाख ८ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा ओलीको चर्को विरोध भएको थियो । अध्यादेशको विरोध भएपछि ओलीले उक्त अध्यादेश चार दिनमै फिर्ता गर्न बाध्य भएका थिए । खास गरी सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर पक्षलाई सहज हुने गरी सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन संसद् अधिवेशन अन्त्य गरेको बताइएको छ । तर, सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित सत्ता गठबन्धनकै एक घटक जनता समाजवादी पार्टी (जसपा) ले असन्तुष्टि जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्