उपाध्यक्ष डा. केसी: ” एनआरएनए हाँक्नलाई म परिपक्व छु”

Machchapuchchre

अर्थ राजनीति  ~  गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आफू एनआरएन हाक्नलाई परिपक्व भएको बताएका छन् । गैरआवासीय नेपली संघको दशौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका डा.केसीले आफू परिपक्व उम्मेदवार भएको बताएका हुन्। उनले भने, ‘म आफैं पनि एनआरएनए हाँक्नलाई म परिपक्व छु भन्नेमा मभन्दा पनि बढी तपाईंहरु जानकार हुनुहुन्छ’ डा. केसीले सन् २००३ देखिनै आफू अभियानमा रहेको बताउँदै एनआरएनएको रुपरेखा कोरिसकिएकाले त्यसलाई पूरा गर्ने जिम्मेवारी आफूले लिने बताएका छन्। दुई कार्यकाल केन्द्रीय सदस्य, एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल महासचिव र अहिले उपाध्यक्ष छु । मैले जाने ठाउँ नै बाँकी एउटा अध्यक्ष मात्रै नै हो’, डा. केसीले थपे। नेतृत्व सम्हालेर नै एनआरएनका अधुरा कामहरु पूरा गर्ने वचनबद्वता उनले व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि बेलायत निवासी व्यवसायी कुल आचार्य र अमेरिका निवासी रविना थापाले पनि उम्मेदवारी दिने बताएका छन्। यसपटक डा. केसी र आचार्यबीच नै मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ । आचार्य नवौं महाधिवेशनमा अध्यक्षमा कुमार पन्तसँग पराजित भएका थिए । डा.केसीलाई नेकपा एमाले निकट र आचार्यलाई नेपाली कांग्रेस निकट उम्मेदवारको रुपमा पनि हेरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्