ओली विरुद्ध चुनावसम्मै मोर्चाबन्दीका लागि माधव नेपालले ल्याए प्रस्ताव

अर्थ राजनीति  ~  नेकपा एकीकृत समाजवादीले आउँदो निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रस्ताव गरेको छ। मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको मोर्चाबन्दी कम्तीमा प्रतिनिधिसभाको पूर्णकाल र आगामी निर्वाचनसम्म राख्नुपर्ने प्रस्ताव गरेका हुन्। उनले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धनलाई स्थानीय तहसम्म पुर्‍याउनु आवश्यक रहेको समेत उल्लेख छ। मुलुकमा दुई […]

ओली सरकारले राजनीतिक रूपमा नियुक्त गरेका राजदूत फिर्ता हुने

अर्थ राजनीति   ~  सरकारले केपी शर्मा ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक रुपमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यसैगरी सरकारले भारतसँगका सबै नाका खोल्ने निर्णय पनि गरेको छ । स्वास्थ्य मापदण्ड अपनाएर नाकाबाट आवतजावत […]

राष्ट्रपतिद्वारा परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

अर्थ राजनीति  ~  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ , “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८ / ३ / २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको […]

” माधव नेपाल लोभी बाहुन हुन् ” : गोकुल बाँस्कोटा

अर्थ राजनीति  ~  नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘लोभी बाहुन’ भएको टिप्पणी गरेका छन् । मंगलबार प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बाँस्कोटाले नेता नेपाललाई ‘लोभी बाहुन’ भएको टिप्पणी गरेका हुन् । विद्रोहका नाममा संसदमा बसेको भन्दै उनले भने ,‘विद्रोह गर्नेले छोड्नुपर्थ्यो । […]

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने

अर्थ राजनीति ~  असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ । बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन शुरू […]

एमालेलाई बहुमतप्राप्त पहिलो शक्ति बनाउने ओलीको तयारी

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मुलुकको बहुमतप्राप्त पहिलो शक्ति बनाउने घोषणा गरेका छन् । हालै सम्पन्न स्थायी समिति बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन मस्यौदामा पार्टीलाई बहुमतप्राप्त मुलुकको पहिलो शक्ति बनाउने र राज्य सञ्चालनको केन्द्र भागमा पुनर्स्थापित गर्ने उल्लेख गरेका हुन् । मस्यौदाको ‘आगामी कार्यभार’, […]

अमेरिकाले हटायो डेढ वर्षपछि कोभिड यात्रा प्रतिबन्ध

अर्थ राजनीति  ~  अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्वरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ । कोरोना महामारी बढेसँगै १८ महिनाअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाएका थिए । अमेरिकाले लगाएको अप्रत्यासित प्रतिबन्धका कारण विभिन्न देशबाट अमेरिका गएर बसेका व्यक्तिलाई […]

खुलेको छैन बजेट खर्च गर्ने बाटो सरकारको

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बाबजुद विनियोजन विधेयक २०७८ प्रतिनिधिसभाबाट पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विधेयक बहुमतले पारित भएको हो । तर, विधेयक पास भए पनि तत्काल सरकारले सरकारी कोषबाट खर्च गर्न भने पाउने छैन । राष्ट्रपतिबाट बजेट स्वीकृत नभएसम्म सरकारले खर्च गर्न […]

नेकपा (एस) को केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

अर्थ राजनीति  ~ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ । क्वालिटी ब्यांकेट बुद्धनगरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । गत भदौमा नेपाल एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एस) गठन भएको थियो । पहिलो केन्द्रीय कमिटी बैठकले संगठनको निर्माण, कार्यदिशा र आगामी रणनीति तय गर्ने बताइएको छ […]

कांग्रेस काठमाडौँको वडा अधिवेशन आज हुँदै

अर्थ राजनीति  ~  नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन आज हुँदैछ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको वडा अधिवेशनलाई महत्वका साथ हेरिन्छ । तर क्रियाशील सदस्यताको विवाद नमिल्दा पूर्वनिर्धारित मिति भदौ १८ गते वडा अधिवेशन हुन सकेको थिएन । पछि विवाद मिलेपछि कांग्रेस काठमाडौँ जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन […]