” भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिन्छ ” : विनोद चौधरी

अर्थ राजनीति ~  नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले पूर्वाधारको क्षेत्रमा विकास गर्न सकिएमा भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने […]

योगेशकुमार भट्टराई : ” कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यमा बजेट कटौती भएको हो ? “

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेको भन्दै कमिशन नआउने भएरनै त्यसो गरिएको हो भनि गम्भीर आशंका व्यक्त गर्नुभएको छ ।हो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे इन्टरभ्यू […]

मेलम्ची सुरूङको ढोका बन्द गरियो, अब मेलम्चीको पानी वर्षापछि मात्रै आउने

 अर्थ राजनीति   ~  मेलम्ची खानेपानीको मूलढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मूल ढोका बन्द गरिएको हो । बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ मूल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मूल ढोका बन्द गरिएसँगै महाङ्कालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । […]

सरकारले संदनमा प्रस्तुत गरेको बजेटमाथिको छलफल आजदेखि

अर्थ राजनीति  ~  सरकारले संदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरू हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेट वक्तव्यमाथि छलफल गर्न आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ। सम्भावित कार्यसूचीमा दुई वटा एजेण्डा राखिएको […]

विमान दुर्घटनामा परेका २१ जनाको शव भेटियो

अर्थ राजनीति  ~   तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २१ जनाको शव भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार बिहान भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरू मध्ये सोमबार बेलुकासम्म २१ जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार विमान परिचालिका किस्मी थापा अझै बेपत्ता भएकी छन् […]

” निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि हट्दैन ” : मन्त्री आले

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताउनुभएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत एयरमार्क भइसकेकाले सरकार पछि नहट्ने बताउनुभएको हो । […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन

अर्थ राजनीति  ~  सर्वोच्च अदालले विवादमा पारेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ ।  सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले एक हप्ता पहिला मात्रै निजगढ विमानस्थलको सम्पूर्ण निर्माण कार्य स्थगन गर्न आदेश दिएको थियो । तर आइतबार बसेको समिति बैठकले कानुनी बाधा हटाएर विमानस्थल निर्माण शीघ्र अघि बढाउन सरकारलाई […]

चितवन प्राथमिकतामा : सडक, पुल, रङ्गशाला, तटबन्ध र अस्पताल

अर्थ राजनीति  ~  आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य चितवनका ठूला पूर्वाधार प्राथमिकतामा परेका छन् । बजेटमा सडक, पुल, रङ्गशाला, तटबन्धन, अस्पताल, रिक्रियशन सेन्टर, पेट्रोलियम पाइपलाइनजस्ता आयोजनामा बजेट विनियोजन भएको हो । बजेटमा काठमाडौँबाट चितवन यात्रा एक घण्टाभित्र सकिने गरी द्रुत मार्ग निर्माण गरिने उल्लेख छ । चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग पहिलो चरणमा निर्माण गरिने उल्लेख […]

” महिलाविरुद्धको भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ “: प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको उल्लेख गरेका छन् । साथै उनले […]

काठमाडौंका मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्यहरु आज शपथ लिँदै

अर्थ राजनीति   ~  काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसहित ३२ वटै वडाका वडाध्यक्ष र सदस्यले आज शपथ लिँदैछन् । सोमबार बिहान १० बजे काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर शाहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ । त्यसपछि मेयर शाहले उपमेयर डंगोललाई र वडाध्यक्षलाई शपथ […]