प्रधानमन्त्री देउवाले दिउँसो मन्त्रिपरिषद बैठक बोलाए

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले आज मंगलबार दिउँसो मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर, मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले यो बैठकलाई नियमित भनेको छ ।मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने गर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्