” दुई वर्षभित्र सबै जनतामा गुणस्तरीय विद्युत् सेवा उपलब्ध हुन्छ ” : ऊर्जामन्त्री भुसाल

Machchapuchchre

अर्थ राजनीति  ~  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने बताएका छन् । सरकारको तर्फबाट संघीय संसद् मा पेस भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा आफू नेतृत्वको मन्त्रालयसँग सम्बन्धित विषयमा राष्ट्रियसभा सदस्यहरूको प्रश्नहरूको जवाफ दिँदै उनले स्पष्ट कार्ययोजना बनाएर पूर्ण विद्युतीकरणका योजना बनाइ कार्यान्वयन गर्न लागिएको बताए । आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने बिपन्न नागरिकलाई निःशुल्क विद्युत् सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको बताइन् । मन्त्री भुसालले सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रतियुनि २ सम्म महसुल कायम गरिएको र विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न ग्राहस्र्थ वर्गको विद्युत महसुल कम गरिएको जानकारी दिइन् । उनले खानेपानी र सिँचाइमा डिमाण्ड शुल्क हटाइएको बताइन् ।

विद्युत महसुलमा दिइएको छुट गत मंसिर १ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ ।”विद्युत खपत बढाउन ग्राहकले क्षमता वृद्धिको माग गरेमा तत्काल वृद्धि गर्ने व्यवस्था गरीएको उल्लेख गर्दै उनले भनिन्, “उत्पादित विद्युत स्वदेशमै खपत हुन नसकेमा निर्यात गर्ने नीति लिइएको छ । सो अनुरूप वर्षाको समयमा बढी हुने ३६४ मेगावाट विद्युत् छिमेकी देश भारतमा निर्यात भइरहेको छ ।” सरकारले विद्युत् खपत कार्ययोजना बनाई कार्यान्वयन गरेकै कारण यस वर्ष आन्तरिक विद्युत्को खपत करिब २० प्रतिशतले बढेको जानकारी दिँदै मन्त्री भुसालले भनिन्, “हाल प्रतिव्यक्ति वार्षिक विद्युत् खपत ३ सय ३० युनिट रहेकोमा आगामी वर्ष उल्लेख्य मात्रामा वृद्धि गरिनेछ ।”उनका अनुसार आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिब ७ सयदेखि १ हजार मेगावाट विद्युत् प्रणालीमा थपिँदै जानेछ । आउँदो दुई वर्षपछिका सुख्खायाममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने तर वर्षा याममा भने उत्पादनको करिब ५० प्रतिशत विद्युत् बढी हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्