मोटरसाइकलको ठक्करबाट १ जना महिला पैदलयात्रीको मृत्यु

Machchapuchchre

अर्थ राजनीति  ~ कास्कीको पोखरा महानगरपालिका–१३ गौडामुखमा मोटरसाइकलको ठक्करबाट १ जना महिला पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमजुङ घर भई हाल कास्कीघरभई पोखरा महानगरपालिका–१३ भद्रकाली बस्ने अन्दाजी ५३ बर्षीया जुना कुमारी गुरुङ को मृत्यु भएको छ ।

पैदलयात्री गुरुङलाई गए राति  १० बजेर ४५ मिनेट जादा ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएकी गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राति  १२ बजेर ३० मिनेट जादा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  र थप अनुसन्धान गरिराको बतएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्