माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिमा समर्पित गर्ने बताएका छन्

अर्थ राजनीति  ~ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा राजनीतिक रुपान्तरणका लागि आफूले लामो संघर्ष गरेको बताएका छन् । बागमती प्रदेश वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको ‘युवा उद्यमशीलता सम्मेलन’ को उद्घाटन गर्दै । राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा ​​आज (आइतबार) पूर्वप्रधानमन्त्रीले राजनीतिक स्थायित्व, आर्थिक क्रान्ति, शान्ति, विकास र […]

नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपतिको विरोधमा नेविसंघ सडकमा

अर्थ राजनीति  ~  नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो । विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए । […]

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल

अर्थ राजनीति  ~  बालुवाटारमा करिब चार घन्टासम्म चलेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरू र कार्यदलबीच भएको छलफलमा अहिलेसम्म भएका सहमति र बाँकी रहेका विषयबारे ब्रिफिङ भएको थियो। बैठकबाट बाहिरिएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बालुवाटारमा पत्रकारहरूसँग कुराकानी गर्दै अधिकांश विषय भोलिको छलफलबाट […]

एक लाख पन्ध्र हजार म्यादी प्रहरीमा भर्ना खुल्यो

अर्थ राजनीति  ~ आउदो  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि एक लाख पन्ध्र हजा  जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना प्रकसित गरेको र  भर्ना खुलेको जानकारी दिएको हो । म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त […]

नेपाली कांग्रेस महासचिव शर्मा अस्पताल भर्ना

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मिर्गौलामा पत्थरी भएपछि अस्पताल भर्ना भएका छन् । उनलाई शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको आजै शल्यक्रिया गरिने परिवारले जनाएको छ ।

एकीकृत समाजवादीले २० लाख भोट पाउने : अध्यक्ष नेपाल

अर्थ राजनीति  ~ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने आगामी निर्वाचनमा आफ्नो पार्टीले २० लाखभन्दा बढी मत पाउने दाबी गरेका छन् । पार्टीको स्थापनाको छोटो अवधिमा आफ्नो पार्टीले जनताको विश्वास जितेको उनले तर्क गर्दै गरिबका लागि र दमनविरुद्ध संघर्ष गर्न पार्टी गठन भएको बताए । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले […]

कांग्रेसको एकल बहुमत पुग्ने गरी सिट बाँडफाँट हुनुपर्छ : डा. कोइराला

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको एकल बहुमत पुग्ने गरी तालमेल गर्नु पर्ने बताएका छन् । वीपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले धनुषाको जनकपुरधाममा गरेको विचार गोष्ठीमा उनले कांग्रेसको केन्द्रीय समितिमा गरेको निर्णयमा एकल बहुमत ल्याउनका लागि चुनावी तालमेल गर्ने भन्ने उल्लेख रहेको भन्दै उनले त्यसका लागि कांग्रेसले कम्तिमा […]

न्यायोचित तवरले सिट बाँडफाँट नभए गठबन्धनको अर्थ हुँदैन : उपेन्द्र यादव

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिटको बाँडफाँट नगर्ने हो भने गठबन्धनको अर्थ नभएको बताएका छन् । वीरगञ्जमा स्थापना भएको मधेस विश्व विद्यालयको कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष यादवले भने ‘तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने यस खालका गठबन्धनको कुनै अर्थ रहँदैन । सब दललाई वीन वीन […]

माओवादीभित्रको अन्तरविरोध सार्वजनिक मञ्चमै छताछुल्ल

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्लै भएको छ । बुधबार अखिल क्रान्तिकारीको चुनाव लक्षित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्ष नेताहरूको अभिव्यक्तिले पार्टीभित्र पदाधिकारी चयनमा चरम असन्तुष्टि रहेको पुष्टि भएको छ । महाधिवेशन भएको लामो समयपछि ४ भदौमा पार्टीको पदाधिकारी चयन गएिको थियो । अध्यक्ष […]

काठमाडौं महानगरभित्रका घर, भवनलाई नक्सा पास गर्न ९० दिनको समय

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास ९० दिनभित्र गरिसक्न आग्रह गरेको छ। महानगरको शहरी व्यवस्थापन विभागले आज सार्वजनिक सूचना निकालेर सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास गर्न भनिएको छ। नक्सा पास नगरी बनेका यस्ता संरचना ९० दिनभित्र नक्सा पास नगरे महानगरले […]