रेशम छुटाउने अध्यादेशप्रति महामन्त्री शर्माको आपत्ति

Machchapuchchre

अर्थ राजनीति  ~  रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । शर्माले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाउदै अध्यादेशबारे दलभित्र तथा पार्टीहरूबीच छलफल नभएकोमा र सरकारको कदमप्रति असहमति जनाएका हुन् ।शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सडकमा छँदा जे सत्य, संसदमापनि त्यही नै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति… ! संक्रमणकाल´मा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ !’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्