महाभियोग लागेका प्रधानन्यायाधीश जबरा अनिवार्य अवकाशमा

Machchapuchchre

अर्थ राजनीति  ~  सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आजदेखि अनिवार्य अवकाश पाएका छन् ।नियुक्त भएदेखि नै विवादै विवादमा तानिएका जबरा ६५ वर्षे उमेरहदका कारण आजबाट अनिवार्य अवकाशमा जान लागेका हुन् । झन्डै चार वर्षको कार्यकालमा जबराले १० महिना निलम्बित अवस्थामै रहे । कार्यकालको अन्तिम वर्षमा उनले महाभियोगको सामना गर्नुपर्‍यो । निवृत्त हुँदा पनि जबराले आफूमाथि लागेको महाभियोगको कलंक बोकेरै जाँदै छन्। जबराविरुद्ध २१ वटा आरोप लगाएर सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले गत फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । जबरा २०५३ सालमा न्याय सेवामा प्रवेश गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्