एमाले : चुनाव प्रभावित पार्न सरकारले ब्यापक कर्मचारी सरुवा गर्‍यो

अर्थ राजनीति  ~  सरकारले आगामी निर्वाचन प्रभावित पार्नका लागि कर्मचारी र प्रहरी सरुवालाई व्यापक बनाएको आरोप लगाएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन प्रभावित पार्न प्रमुख जिल्ला अधिकारी सहितका कर्मचारी, जिल्ला प्रहरी प्रमुखको सरुवा गरेको आरोप लगाएका हुन् । प्रमुख सचेतक भट्टराईले भने– ‘आसन्न निर्वाचनलाई प्रभावित पार्नेगरी आस्थाका […]

बेलायतकी नवनियुक्त प्रधानमन्त्री ट्रसद्वारा मन्त्रिमण्डल गठन

अर्थ राजनीति  ~  बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले मन्त्रिमण्डल गठन गर्नुभएको छ । मन्त्रिमण्डलमा मुख्य मन्त्रालयहरुको जिम्मेवारी भने पहिलो पटक उहाँले सबै गोराहरुलाई दिनुभएको हाे । प्रधानमन्त्री ट्रसले क्वासी क्वार्टेङलाई अर्थमन्त्री बनाउनुभएको छ । उहाँले जेम्स क्लेभर्लीलाई विदेश मन्त्री बनाउनु भएको छ । त्यस्तै अर्को मुख्य मन्त्रालय गृहको जिम्मेवारी सुएला ब्रेभरम्यानलाई दिनुभएको छ । उहाँले […]

राष्ट्रिय राजनीति माओवादीकै एजेन्डामा चलेको प्रचण्डको दाबी

अर्थ राजनीति  ~  पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीति माओवादी केन्द्रले स्थापित गरेको एजेन्डामा चलिरहेको बताएका छन् । माओवादी केन्द्रको प्रदेश समितिले मंगलबार धनगढीमा आयोजना गरेको प्रदेशस्तर राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले देशका सबै दलहरुले माओवादीले विगतदेखि स्थापित गर्दै ल्याएको एजेन्डामा राजनीति गरिरहेको बताएका हुन् । उनले देशको […]

वीरगञ्जमा पनि हटाइँदै अतिक्रमण गरेर बनाइएका संरचना

अर्थ राजनीति ~  सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना पर्साको वीरगञ्ज महानगरपालिकाले हटाउने भएको छ। महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ। नगरप्रमुख राजेशमान सिंहका अनुसार सडक विस्तारका लागि सो क्षेत्रमा अनधिकृत रुपमा निर्मित घर, टहरालगायत संरचना हटाउन सूचना जारी गरिएको हो। गण्डक चोकदेखि विद्युत् गृह, […]

प्रधानमन्त्रीसँग भारतीय सेनाध्यक्षको भेटघाट

अर्थ राजनीति  ~  रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीयस्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले शिष्टाचार भेट गरेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आइतबार नेपालको औपचारिक भ्रमणमा आएका सेनाध्यक्ष जनरल मनोज पाण्डेले मंगलबार प्रधानमन्त्री देउवासँग प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका हुन् । यसअघि उनले मंगलबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण […]

उद्योग मन्त्रालय र मर्मा गाउँपालिकाले यार्सागुम्बा संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ

अर्थ राजनीति  ~  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र दार्चुलाको मर्मा गाउँपालिकाबीच बहुमूल्य जडिबुटी यार्सागुम्बाको संरक्षण र प्रशोधनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । दार्चुला जिल्लाको लतीनाथको मार्मामा बहुमूल्य जडीबुटी ‘यार्सागुम्बा’ को संरक्षण र प्रशोधन केन्द्र स्थापना गर्न सहयोग आदानप्रदान गर्ने समझदारीपत्रमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलीन्द्रप्रसाद बडुले हस्ताक्षर गरे । मर्मा दार्चुला जिल्लाको अपि नाम्पा […]

एमाले र निलम्बित प्रधानन्यायाधीश राणाबीच कुनै मिलन छैन

अर्थ राजनीति  ~ निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सांसदहरुले उठाएका प्रश्नमा प्रधानन्यायाधीशका हैसियतले आफ्नो काम कारवाहीको बचाउ गर्दै आफ्ना सहकर्मीको लगातार आलोचना गरेका छन् । आफू (सिजे राणा)माथि लागेको आरोपको छानबिन गर्न गठित संसदको महाअभियोग सिफारिस समितिमा दिएको बयानका क्रममा निलम्बित प्रधानन्यायाधीशले आफ्ना सह न्यायाधीश र राजनीतिक दलको चर्को आलोचना गरेका छन् । उनले महाभियोग प्रस्ताव […]

सिट बाँडफाँडका लागि पाँच दलीय कार्यदलको बैठक आज बस्दैछ

अर्थ राजनीति  ~ पाँच दलबीच सिट बाँडफाँडका लागि गठित पाँच दलको कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलले मंसिर २० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलबीच सिट बाँडफाँडका विषयमा छलफल गर्नेछ । पाँच दलका शीर्ष नेताहरूले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको अवस्थालाई अन्तिम रूप दिएर प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको सरकारी […]

मङ्सिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । सुनसरीको दुहबी नगरपालिकामा शनिबार एमाले क्षेत्र नं ३ ले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो पार्टीले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गरे । एक वर्षमा सरकारले विकास निर्माणका आयोजनाहरू कटौती गरेको आरोप लगाउँदै […]

चुनावपछि पनि कांग्रेस नेतृत्वकै सरकार : महामन्त्री थापा

अर्थ राजनीति  ~  सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचन पछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाइ थियो । ‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक […]