उपाध्यक्ष विष्णु पौडेल : ” एमाले प्रतिपक्षमा बस्छ “

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् ।शुक्रबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले जनताले एमालेलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको बताएका हुन् । उनले जनादेशको सम्मान गर्दै एमाले यसपटक प्रतिपक्षमा बस्ने बताए । कम्तीमा बहुमत र ठूलो पार्टी बन्छौं भन्ने अपेक्षा पूरा नभएको बताउँदै उनले कर्नरमा पार्न सत्तामा रहेका दलहरुले गठबन्धन गरेकाले केही सिट कम आएर दोस्रो बन्न पुगेको बताए । माओवादी केन्द्र र अन्य दलसँग मिलेर सरकार गठनको प्रयास भइरहेकोबारे पत्रकारको प्रश्नमा उपाध्यक्ष पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको बताए ।‘वामपन्थीबीच सहकार्यको प्रश्नै छैन । एमाले मात्रै वामपन्थी पार्टी हो अनि कोसँग सहकार्य गर्ने ?,’ पौडेलले प्रश्न गरे । पौडेलले एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजनाहरू पूरा गर्न सक्रिय भूमिका खेल्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्