गठबन्धनमा हिस्सेदारी खोज्दै लोसपा

Machchapuchchre

अर्थ राजनीति  ~  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता गठबन्धनमा आफ्नो हिस्सेदारी खोजेको छ। लोसपाका शीर्ष नेताको छलफलले आफू पनि सत्ता गठबन्धनको एउटा दल भएकोले सरकार निर्माणका बैठकमा सहभागी गराउनुपर्ने निश्कर्ष निकालेको छ। ‘चुनावअघि हामीले सत्ता गठबन्धनसँग सहकार्य गरेको हो। त्यतिबेलै चुनावपछि पनि सँगै जाने भनेर भनिएको थियो,’ लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारीले  भने, ‘यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न हामीले पार्टी अध्यक्ष महन्थ ठाकुलाई म्याण्डेट दिएका छौ। हामी सरकारमा पनि सहभागी हुन्छौ।’ लोसपाले सत्ता गठबन्धनसँग मधेस प्रदेशमा तालमेल गरेको थियो। उसले संघीय संसदका लागि ७ र प्रदेश सभाको लागि १६ स्थान पाएको थियो। लोसपाले मधेस प्रदेशमा ३ र लुम्बिनीमा १ गरी संघीय संसदमा ४ स्थानमा जितेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्