“पृथ्वी जयन्तीको बिदा जनआन्दोलनको मर्म र भावना विपरीत ” : अध्यक्ष यादव

अर्थ राजनीति  ~  सरकारलाई समर्थन दिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले दिएको बिदालाई विरोध गरेका छन् । राजतन्त्रात्मक निरङ्कुश पन्चायतती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई २०६२-०६३ को जनआन्दोलनद्वारा खारेज गरिएको उल्लेख गर्दै उनले एमाले र माओवादी गठबन्धन नेतृत्वको सरकारले यसलाई पुनर्स्थापना […]

“नेपाली जनताले धेरै अपेक्षा राखेका छन् ” : सभापति देउवा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य […]

एमाले अध्यक्ष ओली : -‘अहिलेको अर्थतन्त्र गम्भीर अवस्थामा छ’

अर्थ राजनीति  ~   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन्। आज  प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्रमा देखिएको अवस्था अहिले संसदको प्रमुख जिम्मेवारी भएको बताउँदै अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका हुन्। सरकारले चाहे अनुसारको राजस्व संकलनसमेत नगरेको उनले बताए। वैदेशिक मुद्रा सञ्चिति नहुँदा आयात गर्ने अवस्था नरहेको भन्दै अहिलेको […]

“बैंकिङ क्षेत्रको मर्जरले आर्थिक समृद्धिमा सहयोग गर्छ “: प्रधानमन्त्री दाहाल

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकिङ क्षेत्रको मर्जरले आर्थिक समृद्धिमा सहयोग गर्ने बताएका छन् । आज ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो ध्यान देशको आर्थिक समृद्धिमै रहेको बताए । उनले निजी क्षेत्रले सहयोग गरे यो सरकारकै समयमा आर्थिक समृद्धि हाँसिल हुने बताएका छन् । यसका लागि गभर्नर […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् ।  गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ । दुवै सदनका बेग्लाबेग्लै […]

प्रधानमन्त्री दाहालसँग माधव र उपेन्द्रको भेटवार्ता

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच हिजो भेटवार्ता भएको हो  । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रचण्डसँग नेपाल र यादवले भेटघाट गरी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने भएपछि नेपाल र यादवले प्रधानमन्त्रीसंग भेटघाट गर्न […]

“कांग्रेसले प्रधानमन्त्री अफर गरे पनि हामी सत्ता गठबन्धन छाड्दैनाैँ “: राणा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले प्रधानमन्त्रीकाे अफर गरे पनि राप्रपा सत्ता गठबन्धनमै रहने भएकाे छ । राप्रपा महामन्त्री धवल शमशेर राणाले नयाँ सरकार बनेकाे यति छाेटाे समयमै साथ छाेड्नु अपरिपक्वता र अविश्वसनीय काम हुने बताएका छन् । ‘कांग्रेसकाे अफरलाई पत्याउने आधार छैन । ऊ आफैँ आन्तरिक रूपमा विभाजित छ । त्यसैले राप्रपा कांग्रेसकाे प्रलाेभनमा पर्दैन’, […]

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

अर्थ राजनीति  ~  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै […]

पाल्पा दुर्घटनामा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

अर्थ राजनीति  ~ हिजो  पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनामा ६ जनाको ज्यान गएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । साथै उनले सार्वजनिक यातायात सुरक्षित बनाउन भूमिका खेल्न पनि सबैमा आग्रह गरेका छन् । दुर्घटनालाई लक्षित गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् -‘गए राति पाल्पाको बस दुर्घटनामा […]

गृहमन्त्रीको निर्णय आफैंलाई भारी पर्दै

अर्थ राजनीति  ~  उपप्रधान तथा गृहमन्त्री रवि लामछिानेले गरेका निर्णयले गृह मन्त्रालयलाई अप्ठेरोमा पारेको छ । मन्त्रालयल सम्हालेको दुई दिनपछि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका र कार्यविधिबाहिर खटाइएको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका थिए । मन्त्रालयका सचिव, सहसचिव, तथा अन्य अधिकारीलाई खटाइएका सुरक्षाकर्मी र सवारीचालकलाई सचिवस्तरीय निर्णय गरेर सम्बन्धित कार्यालयमा फिर्ता पठाइएको थियो । निर्णयको […]