पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने

अर्थ राजनीति  ~  मन्त्रिपरिषद बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिए । उनले त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय भएको पनि […]

“प्रचण्ड” सरकारको निर्देशनप्रति प्रशासन विज्ञकाे आपत्ति

अर्थ राजनीति  ~  लोकसेवा आयोगका पूर्व अध्यक्ष एवं प्रशासन विज्ञ उमेश मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सचिवहरुलाई दिएको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ । आयोगका पूर्व अध्यक्ष मैनालीले कर्मचारी र प्रशासनको मूल्यांकन नभइ अचानक सरकारबाट आएको निर्देशनले प्रशासनमा राम्रो सन्देश नदिने बताउनुभएको हो । प्रशासनमा भइरहेको समस्याको खोजी गरी त्यसको समाधान गर्ने र आवश्यक सामग्री र जनशक्तिको […]

सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री पौडेललाई

अर्थ राजनीति  ~ मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई तोकेको छ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो । यसअघि गृहमन्त्री रवि लामिछानेले प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।

यातायात कार्यालय गुर्जुधाराबाट २६ जना बिचौलिया पक्राउ

अर्थ राजनीति  ~  चन्द्रगीरी नगरपालिका स्थित गुर्जुधाराको यातायात कार्यालयबाट प्रहरीले २६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । गुर्जधारा स्थित यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (बागमती)मा जाने सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा उनीहरूले रकम असुल्ने गरेको आरोप छ । सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले बताए […]

राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको चासो

अर्थ राजनीति  ~  सिस्टम’मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ। सेवाग्राहीले राहदानी लिन निकै ठूलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी वितरण रोक्दा झनै आलोचना भएको छ। विभागले अर्को सूचना नभएसम्म राहदानी दिन नसक्ने जनाएपछि त्यसतर्फ सरकारले चासो व्यक्त गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिपुरेश्वरस्थित विभागको […]

पूर्वडीआईजी शाह: दुनियाँ हुकुमी शासनले चल्दैन, खोक्न र स्टन्ट गर्न बन्द गर्नुस्

अर्थ राजनीति  ~  नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लक्षित आजको दुनियाँ हुकुमी शासनले नचल्ने टिप्पणी गरेका छन् ।गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नासाथ एकपछि अर्को निर्देशन दिइरहेका बेला  शाहले उनी लक्षित जे पायो त्यै खोक्न र स्टन्ट बन्द गर्न सुझाव दिएका हुन् ।उनले भने, ‘आजको दुनियाँ हुकुमी शासनले चल्दैन मन्त्रीज्यू !  जे गर्नु […]

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच कुराकानी भएको हो। प्रधानमन्त्री प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री प्रचण्डले यसअघि अध्यक्ष नेपालसँगको भेटमा सरकारलाई […]

प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर बिच अर्थतन्त्रको अवस्थाबारे छलफल

अर्थ राजनीति  ~  प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए । […]

प्रधानमन्त्रीले विश्वासको मत लिए लगत्तै सभामुख चुन्ने तयारी

अर्थ राजनीति  ~   यही पुसभित्रै प्रतिनिधि सभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत लिए लगत्तै सभामुख चुन्ने तयारी गरिएको हो । प्रतिनिधि सभा पहिलो बैठक २५ पुसमा बस्दै छ । संविधानको धारा ९१ मा प्रतिनिधि सभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने […]

“अर्थतन्त्र सुधार्न आवश्यक परे सरकारले हस्तक्षेप गर्छ” : उपप्रधानमन्त्री श्रेष्ठ

अर्थ राजनीति  ~  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र सुधार गर्न आवश्यक परे सरकारले हस्तक्षेप गर्ने बताएका छन्। नेपाल उद्योग परिसंघको पदाधिकारीले मंगलबार गरेको भेटवार्तामा उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।’जहाँ समस्या छन्, समाधान गर्ने। जहाँ कमजोरी छन् त्यसलाई सच्याउने। जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक हस्तक्षेप […]