” राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ” : कांग्रेस नेता पौडेल

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताउनुभएको छ । आज मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक […]

प्रधानमन्त्री प्रचण्डले आज कर्मचारीहरूलाई निर्देशनात्मक सम्बोधन गर्ने

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन सन्दर्भमा मंगलबार कर्मचारीहरुलाई विशेष सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री बनेपछि पहिलो पटक सचिवहरुसँग छलफल गर्नुभएका प्रधानमन्त्री प्रचण्डले मंगलबार थप सचिवहरू तथा विभागीय प्रमुखहरूका कुरा सुनेपछि निर्देशनात्मक सम्बोधन गर्नु हुने भएको हो ।प्रधानमन्त्री प्रचण्डको सम्बोधन चुस्त सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र नागरिकका गुनासोको […]

पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने सरकारको तयारी

अर्थ राजनीति  ~  सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका दलका नेतालाई चित्त बुझाउन पाँच राजनीतिक दलका नेतालाई उपप्रधानमन्त्री भाग पुर्याउन त्यस्तो तयारी थालेका हुन् । प्रधानमन्त्री दाहालले आफ्नै पार्टी माओवादी केन्द्रका […]

भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठ यातायात कार्यालयमा

अर्थ राजनीति  ~  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात कार्यालयको अनुगमन गरेका छन्। सेवाग्राहीको अत्यधिक चाप रहने यातायात कार्यालय, एकान्तकुनामा मंगलबार बिहान अनुगमन गरेका हुन्। उनले जनतालाई सहज हुने तरिकाले छिटो छरितो रूपमा काम गर्न निर्देशन समेत दिएका हुन्। उनले सेवाग्राहीलाई छिटो छरितो सेवा र सुविधा दिन यातायात कार्यालय प्रमुखलाई आग्रहसमेत गरेका […]

ठूलो भाग खोज्ने हुँदा सबै गुमायो कांग्रेसले

अर्थ राजनिति  ~  संविधानसभाबाट जारी भएको नयाँ संविधानअनुसार पहिलो आम निर्वाचन गराएका कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्दै पाँच वर्षअघि बालुवाटारबाट बाहिरिएका थिए । ओलीले दुईपटक प्रतिनिधिसभा विघटनको प्रयास गर्दा त्यसलाई जोगाउँदै प्रधानमन्त्री बनेका देउवाले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराए । यसपटकको चुनावपछि ठुलो दल बने […]

प्रधानमन्त्री दाहालद्वारा विभिन्न मन्त्रालयका सचिवहरूको बैठक आह्वान

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको बैठककाे आह्वान गर्नुभएकाे छ । उहाँले साेमबार बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाउनु भएको हो । बैठकमा मन्त्रालयहरुको अवस्थाकाे बारेम जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको उहाँकाे सचिवालयले जनाएको छ । यहि पुस ११ गते प्रधानमन्त्री […]

गृहमन्त्रीले बोलाए सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक

अर्थ राजनीति   ~  उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षा स्थितिको जानकारी लिन बैठक डाकेका छन् । लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठक डाकेका हुन् । बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख […]

पशुपतिनाथको नाममा रहेको ९ रोपनी ९ आना जग्गा कब्जा

अर्थ राजनीति  ~  पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता विपरीत पशुपतिनाथको नाममा रहेको ९ रोपनी ९ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ । पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति संरक्षण गर्न कोषसँग गरिएको सम्झौता विपरीत धर्मशाला सञ्चालन गर्न भनी दिएको जग्गामा सेवा समितिले अरू नै संरचना बनाएर व्यवसाय सञ्चालन गर्दै […]

प्रधानमन्त्री र निर्वाचन आयोग पदाधिकारीबीच छलफल

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  निर्वाचन आयोगका पदाधिकारीबीच छलफल गरि   राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रिय सभा सदस्य पदको चुनावका लागि आवश्यक प्रक्रिया सुरू गर्न  आयोगलाई आग्रह गरेका छन्। आज सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग […]

‘पर्ख र हेर’को नीतिमा लोसपा: सरकारबारे तत्काल निर्णय नगर्ने

अर्थ राजनीति  ~  लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई सहयोग गर्ने कि नगर्ने विषयमा केही दिन कुर्ने भएको छ । सरकारलाई सहयोग गर्न एमाले र माओवादी केन्द्रका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव लिएर आएपनि शीर्ष तहबाट कुनै सोधखोज गरिएको छैन । हालसम्म प्रतिपक्षमा बस्ने कि सत्ता पक्षमा बस्ने निर्णयमा नपुगेका लोसपा सत्ता गठबन्धनको गतिविधिलाई नजिकबाट […]