राहदानी वितरण ढिलाइले वैदेशिक रोजगारिमा रहेका कामदारलाई तनाव

Machchapuchchre

अर्थ राजनीति  ~  हाल राहदानी विभागले राहदानी नवीकरण तथा वितरणमा गरिदिएको ढिलाइले वैदेशिक रोजगारिमा रहेका नेपाली कामदार तनावमा परेका छन् । विभागले आवश्यक परेको समयमा राहदानी नबनाइदिँदा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई यस्तो तनाव भएको हो । मलेसियास्थित नेपाली दूतावासले गर्ने साप्ताहिक जानकारीमूलक कार्यक्रम फेसबुक लाइभमा सहभागी नेपाली कामदारले समयमा राहदानी लिन नपाएकाले आफूहरूलाई यस्तो तनाव भइरहेको बताए । सो कार्यक्रममा सहभागी अधिकांश नेपाली कामदारको मुख्य जिज्ञासा नै राहदानी कहिले आउँछ रु भन्ने थियो । एक वर्षभन्दा कम अवधि रहेको राहदानीमा भिसा नलाग्ने भएका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई आफूले माग गरेको समयमा राहदानी नआएको अवस्थामा भिसाको समस्या झेल्नुपर्ने त्रास उत्पन्न भइरहेको मलेसियाको सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदारले बताए । उनले समयमा राहदानी नवीकरण गर्न नपाउनु नै सबैभन्दा ठूलो चिन्ताको विषय भएको उनीहरूको भनाइ छ । कार्यक्रममा सहभागी नेपाली कामदारले यस्तो तनावबीच राहदानी बनाउने मात्रै नभएर राहदानी नवीकरण गर्न अनलाइन प्रणालीबाट विवरण भरेर इनरोलमेन्ट गर्नसमेत समस्या हुने गरेको जनाए । अझै राहदानीको फारम भर्न नै बिदा लिएर बस्नुपर्ने कतिपयको गुनासो छ । यसैगरी, साउदी अरेबियास्थित नेपाली दूतावास रियादमा अहिले राहदानी बनाउने नेपालीको संख्या बढेपछि दूतावासमा काम गर्न भ्याइनभ्याइको अवस्था उत्पन्न भएको उनीहरूको भनाइ छ । आवश्यक परेको बेला राहदानी लिन नसकिएपछि भूगोलको दृष्टिकोणले अत्यन्तै फराकिलो रहेकोे साउदी अरबमा राहदानी बनाउन टाढादेखि धाएर दूतावास पुग्नुपर्ने बाध्यताले राहदानी लिने काम एकदमै खर्चिलो बनेको उनीहरूको गुनासो छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्