१३ अर्ब बढीको ट्रेजरी बिल राष्ट्र बैंकले बोलकबोल गर्ने

Machchapuchchre

अर्थ राजनीति ~  केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको बोलकबोल दिउँसो ३ बजेवाट सुरू गर्न लागेकाे हाे । यसअघि नै जारी सुचना अनुसार २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बिक्री गर्ने भएको हो । बैंकका अनुसार कुल ट्रेजरीमध्ये ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाइसकेको छ । खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्