रास्वपाले राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङ दुबै उम्मेदवारलाई समर्थन नगर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले राष्ट्रपति निर्वाचनमा दुबै उम्मेदवारलाई समर्थन नगर्ने बताएका छन् । शनिबार राष्ट्रपतिमा आठ दलको तर्फबाट कांग्रेस नेता रामचन्द्र पौडेल तथा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएकामा श्रेष्ठले पार्टीले दुबै उम्मेदवारलाई समर्थन नगर्ने बताएका हुन् ।  उनले दलहरु पदीय स्वार्थमा लागेको पनि आरोप लगाए । ‘आठ दलीय १२ दलीय जति दलीय होस् । देशको मुलभूत विषयमा राष्ट्रिय सहमति हुन सकेको छैन’, उनले भने, ‘तर पदका लागिमात्रै अहिले सहमति भएको हो ।’उनले पछिल्लो राजनीतिक घटनाक्रमले आफ्नो पार्टीले सरकार छाडेको औचित्य पुष्टि भएको पनि दाबी गरे । अहिलेसम्म आफ्नो पार्टी कसैलाई पनि समर्थन गर्ने पक्षमा नरहेको उनको भनाइ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्