एमालेले गर्‍यो कांग्रेस बाहेक सबै दलहरुलाई पत्राचार

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रपति निर्वाचनको उम्मेदवारी लगत्तै नेकपा (एमाले) आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा जुटेको छ । एमालेले शनिबार नै प्रतिष्पर्धी नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई सघाउन आग्रह गर्दै पत्राचार गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार कांग्रेस बाहेक संसदमा रहेका सबै दल तथा स्वतन्त्र सांसदहरुलाई पत्र पठाइएको हो । राजनीतिक दलहरु र स्वतन्त्र सांसद गरी १७ वटा पत्र पठाएको अधिकारीले जानकारी दिनुभएको छ । संविधानको मर्म र भावनाअनुरुप नेम्वाङ राष्ट्रपतिका लागि अत्यन्त योग्य र उपयुक्त उम्मेदवार रहेको जिकीर एमाले अध्यक्ष केपी ओलीले पठाएको पत्रमा उल्लेख छ । एमालेको पत्रको सम्बन्धमा नेकपा (एकीकृत समाजवादी) ले भने संवादको ढोका खुलेको जनाएको छ । सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेको पत्रले भविष्यमा सहकार्यको ढोका खोलेको तर राष्ट्रपति निर्वाचनमा भने नेम्वाङलाई आफूहरुले भोट हाल्ने अवस्था नरहेको बताउनु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्