नेपाल स्टारको बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक

काठमाडौं । नेपालकै पहिलो रियाली शो नेपाल स्टारको बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ राष्ट्रिय च्यानल नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग पार्टनरको रुपमा सिद्धार्थ बैंक बनेको हो । बुधबार राजधानीमा एक समारोहकाबीच नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ्ग र बैकिङ्ग पार्टनर सिद्धार्थ र्बैकबीच साझेदारीपत्रमा […]

सुन, चादीको मूल्य बृद्दीमा गिरावट

अर्थ राजनीति | निरन्तर सुनको मूल्यमा बृद्दी भइरहेको छ | मंगलबार सुनको  कारोबार ८० हजार रुपैयामा भइरहेको थियो भने बुधबार सुनको मूल्यमा गीरावट आएको छ | मंगलबार ८० हजार रुपैयामा कारोबार भइरहेको सुन, बुधबार ७९ हजार ५०० मा कारोबार भइरहेको छ | एकदिनको अन्तरमै सुनको मूल्य ५०० रुपैयाका दरले घटेको छ | त्यस्तै चादीको मूल्यमा […]

साताको पहिलो दिन आइतबार ६९ अंक भन्दा माथिले बढेको नेप्से परिसूचक बुधबार पनि उचालिने संकेत

काठमाडौं । साताको पहिलो दिन आइतबार ६९ अंक भन्दा माथिले बढेको नेप्से परिसूचक बुधबार पनि उचालिने संकेत देखिएको छ । बुधबार बिहान कारोबार खुलेदेखि नै उकालो लाग्ने क्रम शुरु भएको नेप्से १५ मिनेट वित्न नपाउदै ३५ अंक भन्दा माथिले बढेको हो । सबैसमूहहरु हरियाली देखिएका छन् । लगानीकर्ताहरु आइतबार जस्तै बुधबार बैंकिङ तथा बीमा समूहमा […]

डा. युवराज खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार प्रविधि तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । ७० कुरोडको कमिसनको अडियो प्रकारणपछि सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजिनामा दिएपछि रिक्त रहेको यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डा. खतिवडालाई तोकिदिएकी हुन् । पदभार […]

सिटिजन्स बैंकलाई २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति

काठमाडौं । सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक […]

अब नेपालले बंगलादेशको सइदपुर विमानस्थल प्रयोग गर्न पाउने

काठमाडौं । बंगलादेशले नेपाललाई सइदपुर विमानस्थल प्रयोग गर्न दिने भएको छ । दुई मुलुकबीच व्यापार र कनेक्टिभिटी विस्तार गर्नका लागि बंगलादेशले नेपालको प्रस्ताव स्वीकार गरी यस्तो निर्णय गरेको बंगलादेशको यूएनबी समाचार संस्थाले जनाएको छ । बंगलादेश भ्रमणमा रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बंगलादेशी विदेशमन्त्री अब्दुल मोमेनबीच मंगलबार यस सम्झौतामा हस्ताक्षार भएको हो । यसबाट दुई मुलुलबीचको […]

चीनबाट नेपालीको उद्धार गरेर ल्याउने वाइड बडी जहाजले थाल्यो नियमित उडान

काठमाडौं । चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ । वुहानबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याएको सो वाइड बडी जहाजले अन्तराष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८ घण्टा क्वारेन्टाइनको समय पार गरेपछि नियमित उडानमा फर्किएको हो । उक्त जहाजबाट […]

अर्थमन्त्री डा खतिवडा भन्छन – ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक

काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताएका छन् । ललितपुरको हरिहरभवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशतभन्दा माथिको बहस हुने गरेको बताएका हुन् । उनले राज्यसत्तामा रहँदा […]

श्रम बजारमा प्रवेश गर्ने सबैलाई रोजगारी दिएका छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बजारमा आउने नयाँ युवाले रोजगारी पाइरहेको दावी गरेका छन् । शनिबार संसदमा गरेको सम्बोधनमा २ वर्षको सरकारको प्रगति सुनाउने क्रममा उनले श्रम बजारमा आउने नयाँ जनशक्तिले रोजगारी पाइरहेको बताए । ‘श्रम बजारमा प्रवेश गर्ने नयाँ युवालाई रोजगारी दिएका छौं, नयाँ आउने श्रमशक्ति अनुसार रोजगारी बढाएका छौं, श्रम बजारमा […]

मेलम्ची आयोजनाको ९४ प्रतिशत काम सम्पन्न, असार महिनासम्म पानी काठमाडौं झार्ने घोषणा

काठमाडौं । सरकारले आगामी असार महिनासम्म मेलम्चीको पानी काठमाडौं झार्ने घोषणा गरेको छ । मलेम्ची आयोजनाबारे बिहीबार स्वेतपत्र जारी गर्दै खानेपानी मन्त्री बिना मगरले चालू आर्थिक वर्ष २०७६/७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको शुरुङ परीक्षण गरी सञ्चालनमा ल्याइने घोषणा गरेकी हुन् । मन्त्री मगरले जारी गरेको स्वेतपत्रमा मलेम्ची आयोजनामा हाल सञ्चालनमा रहेकामध्ये ७ वटा कामहरु चालू आर्थिक […]