सिटिजन्स बैंकलाई २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति

Machchapuchchre

काठमाडौं । सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ ।

बैंकले १० वर्ष अवधिको ‘१०.२५५ सिटिजन्स बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्ष्भित्र वाणिज्य बैंकले चुक्ता पुँजीको २५५ ऋणपत्र जारी गर्नुपर्ने प्रावधान ल्याएपछि बैंकहरु ऋणपत्र निष्कासनमा जुटेका हुन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०५ ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्