अर्थमन्त्री डा खतिवडा भन्छन – ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक

Machchapuchchre

काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताएका छन् । ललितपुरको हरिहरभवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशतभन्दा माथिको बहस हुने गरेको बताएका हुन् ।

उनले राज्यसत्तामा रहँदा ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरु अहिले ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सरेको बताए। उनले ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नर्हेरु अहिले ६/७ प्रतिशतको वृद्धिदर हुने र सरकारले लक्ष्य पूरा नहुने भन्दै आलोचना गर्न अग्रसर हुने गरेको बताए। मन्त्री खतिवडाले भने, ‘कसैकसैले आर्थिक वृद्धि ८ प्रतिशत हुादैन भनेर ठूलो बहस चलाइरहनु भएको छ भन्दाखेरी ६/७ को कुरा गर्नुहुन्छ बहसको स्तर नै अब ५ प्रतिशतभन्दा माथि पुगेको छ। ३/४ प्रतिशतको कुरै गर्न छाड्नुभयो।’

तालिम केन्द्रले अर्थतन्त्रको वास्तविक अवस्थाको विषयमा पनि विज्ञहरुसाग छलफल चलाउनुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए। उनले दुई वर्षमा औसतभन्दा माथि उपलब्धि हासिल गर्न सकेको बताए। कार्यक्रमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले दिने तालिमको मोडलमा परिवर्तन गर्नुपर्ने बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्