वैशाखमा लगानी सम्मेलन गर्ने प्रदेश ५ सरकारको तयारी

काठमाडौं । प्रदेश ५ सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका सन्दर्भमा सरकारले सोमबार प्रदेश सरकारका मन्त्रीहरु, निजी क्षेत्रका उद्योगी व्यवसायी, विदेशी दातृ निकाय, प्रदेश सभाका सांसदहरु र स्थानीय तहका मेयर र उपमेयरहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ लाई लगानीमैत्री र निजी क्षेत्र […]

कुमारी बैंकमा देवः विकास बैंक गाभिने समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । कुमारी बैंक लिमिटेडले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । बुधबार नागपोखरीस्थित काठमाडौं मेरिओट होटेलमा सम्पन्न एक समारोहबीच उक्त प्राप्तीको (अक्विजिसन) औपचारिक हस्ताक्षर सम्पन्न भएकोे हो । उक्त प्राप्तिका लागि समझदारीपत्रमा (एमोयू) कुमारी बैंक लिमिटेड र देव विकास बैंक लिमिटेडका तर्फबाट बैंकका संचालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय […]

आजदेखि बैंकहरुमा ‘गो–एमएल’ लागु, बैंकिङ कारोबार थप झण्झटिलो !

काठमाडौं । माघे संक्रातिकै दिन पारेर वाणिज्य बैंकहरुले बुधबारदेखि गोएमएल प्रविधि लागु गरेका छन् । सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले बुधबारदेखि गोएमएल सफ्टवेयर लागु गरेका हुन् । वाणिज्य बैंकहरु पछि विकास बैंक र फाइनान्स कम्पनीहरुमा समेत यो सिस्टम लागू गर्ने राष्ट्र बैंकको योजना छ । आगामी असार महिनादेखि विकास बैंक […]

महालेखा परीक्षकको कार्यालयले भन्यो – स्थानीय तहमा बेरुजुको चाङ

खोटाङ । महालेखा परीक्षकको कार्यालयले खोटाङका १० वटै स्थानीय तहमा बेरुजु औल्याएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौँ बेरुजु देखिएको हो । आर्थिक वर्ष २०७५/०७६ भित्र ती स्थानीय तहले सम्पादन गरेका आर्थिक गतिविधि विषयमा डेढ महिना लगाएर लेखा परीक्षण गर्दा बेरुजु भेटिएको हो । पेश्की, नियमित गर्ने, फछ्र्योट गर्नुपर्ने र असुल […]

नेपालको ऊर्जा क्षेत्रको विकासमा युएईले १ अर्ब १३ करोड रुपैयाँ सहायता गर्ने

युएई । संयुक्त अरब इमिरेट्स युएईले नेपालमा ऊर्जा उत्पादनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड रुपैयाँ) आर्थिक सहायता गर्ने भएको छ । अबुधावीमा जारी विश्व नवीकरणीय ऊर्जा संघ (इरिना)को वार्षिक साधारण सभाको मञ्चबाट यो सहयोग घोषणा भएको हो । अबुधावी फण्ड फर डेभलपमेन्ट अन्तर्गत नेपाललाई उक्त सहयोग मिल्ने युएईका लागि नेपाली राजदूत […]

व्यवसायको नाममा अपराध गर्नेले छुट पाउदैन – अर्थमन्त्री खतिवडा

वीरगञ्ज । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीलाई पक्राउ गरेर राजश्व उठ्ला र व्यवसाय सुध्रेला भन्नेमा सरकार नरहेको बताएका छन् । तर, व्यवसायको नाममा अपराध गर्नेले भने छुट नपाउने उनले बताए । वीरगञ्ज उद्योग वाणिज्य संघको ४४ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले व्यवसायीलाई विश्वासमा लिएर सरकार अघि बढ्न चाहेको बताए । अपराध गरेमा आफू पनि […]

सुनको मूल्य ओरालो लाग्ने क्रम जारि

अर्थ राजनीति । बिहिबार सुन प्रति तोला ७५ हजार ५०० मा कारोबार भएको थियो भने शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुनमा प्रति तोला नौ सय रुपैया घटेर ७४ हजार ६ सयमा कारोबार भइ  रहेको छ । आइतबार देखि बुधबार सम्म सुनको मूल्य बढेको थियो भने बिहिबार र शुक्रबार भने चाहि सुनको मूल्य […]

इरानको मिसाइल आक्रमण लगतै विश्व बजारमा बढ्यो तेलको मूल्य

एजेन्सी । इरानले इराकस्थित हवाई आधारमा दजनौं मिसाइल आक्रमण गरेपछि मङ्गलबार तेलको मूल्यमा ह्वात्तै वृद्धि भएको छ । अघिल्लो हप्ता अमेरिकी ड्रोन आक्रमणमा शीर्ष इरानी कमाण्डरको मृत्युको बदलामा इरानले मिसाइल आक्रमण गरेका हो । इरानको आक्रमणपछि अमेरिका र इरानबीच युद्ध भड्किने चिन्तामाझ तेलको मूल्य बढेको हुन सक्छ । अमेरिकी कच्चा तेल मङ्गलबार ४ प्रतिशले बढेर ६५ […]

आकाशियो खाद्यान्नको भाउ, प्रतिकेजी २०० रुपियाँसम मूल्य बढ्यो

काठमाडौँ। पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार दाल, गेडागुडी, तेल, चामल, आटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी पाँच रुपियाँदेखि २०० रुपियाँसम्म महँगो भएको […]

सोमबार नेप्सेले मार्यो छलांग

अर्थ राजनीति । नेपालि सेयर बजारको सबैभन्दा बढी भाग ओगट्ने बैंकिंग समुह चम्किँदा, नेप्से सोमवारको परिसूचक उछालको गतिमा दौडिएको छ । हप्ताको पहिलो कारोबारदिनको बढोत्तरीलाई निरन्तरता दिंदै बजारले सुधारिएको प्रदर्शन गरेको हो । नेप्सेको सोमवारको परिसूचक १८.२६ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १२०० बिन्दुको उचाइमा पुग्दा कारोबार रकममा पनि निकै सुधार आएको छ […]