इरानको मिसाइल आक्रमण लगतै विश्व बजारमा बढ्यो तेलको मूल्य

Machchapuchchre

एजेन्सी । इरानले इराकस्थित हवाई आधारमा दजनौं मिसाइल आक्रमण गरेपछि मङ्गलबार तेलको मूल्यमा ह्वात्तै वृद्धि भएको छ । अघिल्लो हप्ता अमेरिकी ड्रोन आक्रमणमा शीर्ष इरानी कमाण्डरको मृत्युको बदलामा इरानले मिसाइल आक्रमण गरेका हो । इरानको आक्रमणपछि अमेरिका र इरानबीच युद्ध भड्किने चिन्तामाझ तेलको मूल्य बढेको हुन सक्छ ।

अमेरिकी कच्चा तेल मङ्गलबार ४ प्रतिशले बढेर ६५ डलर पुगेको छ । आक्रमण प्रति ६२.७० डलर मुल्य रहेको कच्चा तेलको मुल्य बढेर ६५.४८ पुगेको छ । उलेख्नीय कुरा मंगलबारको मिसाइल आक्रमणको जिम्मा इरान आफैले लिएको छ । यस अघिका मिसाइल आक्रमणको जिम्मेबारी इरान पक्षधर मिलिसिया समूहले लिने गर्थे ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आक्रमणको पुष्टि गर्दै आक्रमणमा ब्यालेष्टिक मिसाइल प्रयोग गरिएको र ती इराकभित्रैबाट प्रहार गरिएको जानकारी दिएको छ । आक्रमणमा परेका दुईमध्ये एक हवाई आधारमा विगतमा डोनाल्ड ट्रम्पले भ्रमण गरेका थिए ।

पेन्टागनले हाल आफूहरुले आक्रमणले पु¥याएको क्षतिको मूल्याकंन गरिरहेको बताएको छ । मुल्यांकनपछि अमेरिकी कर्मचारी र त्यस क्षेत्रका सम्पूर्ण मित्रहरुको ‘प्रतिरक्षा र सुरक्षाको लागि सम्पूर्ण अत्यावश्यक कदम उठाउने’ पेन्टागनले बताएको छ ।

यसअघि ट्रम्पले सुलेमानीको हत्याको बदलामा इरानले आक्रमण गरेमा इरानमाथि जवाफी प्रहार गर्ने वाचा गरेका थिए । इरान र अमेरिकाको युद्ध भएमा मध्य–पूर्वको तेल आपूर्तिमा नराम्रो धक्का लाग्ने भएकाले लगानीकर्ता उच्च सतर्क अवस्थामा छन् ।

तेलको मुल्यमा अचानकको वृद्धि विश्व अर्थतन्त्रलाई नै असर गर्नेछ । पछिल्लो समय कमजोर उत्पादन गतिविधिका कारण संघर्षरत विश्व अर्थतन्त्रको लागि यो राम्रो संकेत होइन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्