सोमबार नेप्सेले मार्यो छलांग

Machchapuchchre

अर्थ राजनीति । नेपालि सेयर बजारको सबैभन्दा बढी भाग ओगट्ने बैंकिंग समुह चम्किँदा, नेप्से सोमवारको परिसूचक उछालको गतिमा दौडिएको छ । हप्ताको पहिलो कारोबारदिनको बढोत्तरीलाई निरन्तरता दिंदै बजारले सुधारिएको प्रदर्शन गरेको हो । नेप्सेको सोमवारको परिसूचक १८.२६ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १२०० बिन्दुको उचाइमा पुग्दा कारोबार रकममा पनि निकै सुधार आएको छ । कतिपय जानकारको ठम्याई के छन् भने सेयर बजार विरोधी अर्थमन्त्री नदोहोरिने संभावना बढ्नु, ब्याजदर कम हुँदै जानु, सेयर कर्जाको ब्याजदरमा समेत केही राहतको अवस्था सिर्जना हुनु र लगानीकर्ताको आत्माबल बढ्नु यसपछाडीका मुख्य कारक तत्तो हुन् । यो पालिको बढोत्तरी निकै लामो समय सम्म चल्ने शेयर विश्लेषकहरु बताउछन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्