राष्ट्र बैंकको प्रोभिजनिङमा कडाइ: एकैपटक नाफामा १५ अर्ब रुपैयाँको गिरावट

अर्थ राजनीति  ~  लकडाउन र निषेधाज्ञाका बेला उद्यमी व्यवसायीहरुलाई सहयोग गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ‘सजाय’ दिएको छ। राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै पोहोर उद्यमी व्यवसायीलाई सहयोग गर्नका लागि दिइएको ऋणमा थप प्रोभिजनिङको व्यवस्था गरेको छ। यो नीतिका कारण पोहोर सहयोग नगर्ने बैंकहरुलाई फाइदा भएको छ। राष्ट्र बैंकले पोहोर यस्तो ऋणमा […]

राष्ट्र बैंकका कर्मचारीलाई १५ थरि भत्ता

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले कर्मचारीलाई नियमविपरीत १५ किसिमको भत्ता उपलब्ध गराएको पाइएको छ । सरकारले मितव्ययितासम्बन्धी निर्देशिका जारी गर्दै तीन किसिमका भत्ताबाहेकका सबै भत्ता खारेज गरे पनि राष्ट्र बैंकले भने ठूलो रकम भत्तामा खर्च गरेको पाइएको हो । बैंकका कर्मचारीलाई आर्थिक वर्ष २०७६-७७ मा वार्षिकोत्सव भत्ता, क्लोजिङ्ग भत्ता, इन्टरनेट भत्ताका नाममा रकम उपलब्ध […]

सामाजिक सुरक्षा कोषसम्बन्धी रिटमा न्यायाधीशहरूको राय बाझियो

अर्थ राजनीति  ~  यथास्थितिमा समाजिक सुरक्षा कोषमा सहभागी नहुने भन्दै बैंकका कर्मचारीहरूका तर्फबाट सर्वोच्च अदालतमा परेको रिट न्यायाधीशहरूको राय बाझिएपछि पूर्ण इजलासमा पेश हुने भएको छ ।न्यायाधीशद्वय तेजबहादुर केसी र वमकुमार श्रेष्ठको इजलासमा आइतवार भएको सुनुवाइमा न्यायाधीशद्वयको राय अलग–अलग भएपछि अन्तरिम आदेशको टुंगो पूर्ण इजलासले लगाउने भएको हो । न्यायाधीश केसीले निवेदकको मागबमोजिम अन्तरिम आदेश […]

सुनको भाउ ९२ हजार रुपैयाँमा झर्‍यो

अर्थ राजनीति  ~  आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै घट्दै ९१ हजार […]

सेयर बजारमा नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च विन्दुमा

अर्थ राजनीति  ~  सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । साताको पहिलो कारोबार दिन ५४.३१ अंकले बढेको बजारमा परिसूचक ३ हजार ५८.६३ अंकमा पुगेको हो । यस अघि नेप्से परिसूचक ३ हजार ३२ अंकसम्म पुगेको थियो । नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेललाल रौनियारले बताए । ‘बजारमा […]

“बिग मर्जर” फोर्सफुल नगर्ने पक्षमा राष्ट्र बैंक

अर्थ राजनीति  ~  गत वर्षको मौद्रिक नीतिले दिएको सुविधाबाट बैंकहरु खासै आकर्षित नभएपछि राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमा केही सुविधा थप्ने भएको छ। लाभांश वितरणमा कडाइको तयारी गरिरहेको राष्ट्र बैंकले वाणिज्य बैंकबीच मर्जर भए लाभांशमा खुकुलो नीति लिने छ। राष्ट्र बैंकले मौद्रिक नीति लेखन सकिसकेको छ। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले केही समय पर्खन भनेपछि […]

सेयर बजारमा ५० ब्रोकर कम्पनीको ‘एकाधिकार’ तोडिने

अर्थ राजनीति  ~  वाणिज्य बैंकका सहायक कम्पनीहरूले ब्रोकर लाइसेन्स पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स दिने सम्बन्धमा नियमावली तयार गर्दैछ। नियमावलीका लागि अहिले मस्यौदा तयार गर्ने काम भइरहेको छ। मस्यौदामा बैंकका सहायक कम्पनीहरूलाई पनि ब्रोकर लाइसेन्स दिने विषय समेटिने भएको हो। बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बैंकका सहायक कम्पनीका साथै निजी क्षेत्रबाट नयाँ ब्रोकर […]

अर्थमन्त्रीका कारण पछि सर्‍यो मौद्रिक नीति

अर्थ राजनीति  ~   शुक्रबारका लागि सार्वजनिक गर्ने तय मौद्रिक नीति नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको चासोपछि पछाडि सरेको छ। स्वागत र बधाईपछि तेस्रो पटक भेट्न गएका गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्री शर्माले मौद्रिक नीति पछाडि सार्न भनेका हुन्। राष्ट्र बैंकको अनुसन्धान विभागले मौद्रिक नीति लेखनको सम्पूर्ण काम सकिसकेको छ। अर्थमन्त्रीले केही समय पछाडि सार्न भनेपछि गभर्नरले सञ्चालक […]

ह्याकरको कल: ‘योर सिस्टम ह्याज बिन ह्याक्ड’, बैंकिङमा आतङ्क

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका प्रबक्ता देवकुमार ढकाललाई बिहीबार बिहान  ७ बजेतिर एउटा अन्तर्राष्ट्रिय कल आयो। उताबाट अंग्रेजीमा ५ वटा शब्द भनेर फोन काटियो।’योर सिस्टम ह्याज बिन ह्याक्ड’ भनेर फोन काटियो। अघिल्लो दिन नै ह्याकरले पठाएको पत्र भन्दै बैंकिङ क्षेत्रमा ‘भाइरल’ भइसकेको थियो। त्यही भएर ढकालले हतारहतार आफ्नो आइटी (सूचना प्रविधि) विभागलाई फोन कलका […]

सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सयमा कारोबार भएकोमा आज तोलाामा सात सयले घटेको हो । मंगलबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ भने […]