सामाजिक सुरक्षा कोषसम्बन्धी रिटमा न्यायाधीशहरूको राय बाझियो

Machchapuchchre

अर्थ राजनीति  ~  यथास्थितिमा समाजिक सुरक्षा कोषमा सहभागी नहुने भन्दै बैंकका कर्मचारीहरूका तर्फबाट सर्वोच्च अदालतमा परेको रिट न्यायाधीशहरूको राय बाझिएपछि पूर्ण इजलासमा पेश हुने भएको छ ।न्यायाधीशद्वय तेजबहादुर केसी र वमकुमार श्रेष्ठको इजलासमा आइतवार भएको सुनुवाइमा न्यायाधीशद्वयको राय अलग–अलग भएपछि अन्तरिम आदेशको टुंगो पूर्ण इजलासले लगाउने भएको हो । न्यायाधीश केसीले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी हुने आदेश गरे पनि न्यायाधीश श्रेष्ठले त्यसमा असहमति जनाउँदै अलग राय पेश गरेका छन् ।’माननीय न्यायाधीश श्री तेजबहादुर केसीबाट अन्तरिम आदेश जारी गर्ने गरी भएको उपरोक्तानुसारको आदेशसँग सहमत हुन नसकी आफ्नो यो बेग्लै राय व्यक्त गरेको छु,’ न्यायाधीश श्रेष्ठले पेश गरेको रायमा भनिएको छ । बैंकका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषमा जाने कुरालाई ऐच्छिक गर्नुपर्ने, बाध्यकारी व्यवस्था गरिए पनि अवकाश वा पेन्सनमध्ये एक रोज्न पाउनुपर्ने लगायतका व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् । सामाजिक सुरक्षा कोषले यथास्थितिमा सहभागिताका लागि दबाब दिएपछि उनीहरूले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्