एनएमबि बैंकको एकै पटक तीन नयाँ ठाउँमा शाखारहित बैंकिङ इकाइ सञ्चालनमा

अर्थ राजनीति ~ एनएमबि बैंकले एकै पटक तीन नयाँ ठाउँमा शाखारहित बैंकिङ इकाइ सञ्चालनमा ल्याएको छ । बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले इकाइ सञ्चालनमा ल्याएको बताएको छ । बैंकले प्रदेश १ कोा रौतमाई गाउ“पालिका–०६, चिसापानी, उदयपुर, प्रदेश २ मा क्रमशः तिरहुत गाउ“पालिका–०४, डिमन, सप्तरी र तिलाठी कोइलाडी गाउ“पालिका–८, टोपा सप्तरीमा इकाइ सञ्चालनमा ल्याएको हो […]

नबिल बैंकको: ३३.५% बोनस सेयर

अर्थ राजनीति ~ नबिल बैंक लिमिटेडले सेयरधनीलाई साढे ३३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकले कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले नगद लाभांशलाई प्राथमिकतामा नराखी पुँजी वृद्धिमा जोड दिएको पहिलो पटक रहेको छ । चालु वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब २० करोड रुपैयाँ यस्तो नाफा […]

महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा भएको अनियमिततामा बैंककै कर्मचारीको मिलोमतो

अर्थ राजनीति ~ महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा भएको अनियमिततामा बैंककै कर्मचारीको मिलोमतो रहेको जानकारी छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा कर्मचारीको संलग्नता देखिएपछि तीनजना शाखा प्रबन्धकसहित ऋणी पक्राउ परेका छन् । कम तौलका सुनका गरगहना धितो राखी ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ ऋण प्रवाह गरेको उजुरी परेपछि ब्युरोले प्रकरणमा […]

नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर

अर्थ राजनीति ~ नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमकाबीच करिब ९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयोजनामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस […]

एनएमबि बैंकले १५.२ प्रतिशत लाभांश दिने

अर्थ राजनीति ~ एनएमबि बैंकले गत वर्षको नाफाबाट १५.२ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले १३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । करसहित बैंकले ३.२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले पछिल्लो ८ वर्षयता निरन्तर लाभांश दिँदै आएको छ । बैंकले गत वर्ष एक अर्ब ४२ करोड वितरणयोग्य नाफा गरेको थियो। […]

प्रभु बैंकले साधारणसभामा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादै

अर्थ राजनीति ~ प्रभु बैंकले पुस २६ गते वार्षिक साधारणसभा डाकेको छ । बैंकले साधारणसभामा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ । बैंकले पछिल्लो तीन बर्षयता लाभांश वितरण गर्दै आएको छ । चालु वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १७ करोड ५६ लाख रुपैयाँ छ । बैंकको […]

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद्बबीच सम्झौता

अर्थ राजनीति ~ उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद्बबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले हस्ताक्षर गरेका छन । सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पांँचवटा पालिकास्तमा जम्मा ३५ समूहमा […]

माछापुच्छ्रे बैंकको २२औ धारणसभाले १०.४ प्रतिशत लाभांश वितरण गर्ने

अर्थ राजनीति ~ माछापुच्छ्रे बैंकको २२औ धारणसभाले १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश दिने भएको छ ।  बैंकले बिहीबारबाटै लाभांश वितरण सुरु गरिसकेको बताएको छ । साधारणसभाले सर्वसाधारण सेयरधनी समूहका तर्फबाट जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम र सृजना कार्की भट्टराई संचालकमा निर्विरोध चयन […]

स्ट्यान्डर्ड चार्टर्ड बैंकले साधारणसभाबाट ११.८४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

अर्थ राजनीति ~ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पुस २४ गते वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले साधारणसभाबाट ११.८४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । बैंकले तीन वर्षपछि पहिलो पटक बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले पुँजी वृद्धिका लागि तीन वर्षअघि १०० प्रतिशत बोनस सेयर दिएपछि पछिल्ला दुई वर्ष नगद […]

नेपाल बैंकले गत बर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लभांस प्रस्ताव

अर्थ राजनीति ~ नेपाल बैंकले गत बर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लभांस प्रस्ताव गरेको छ । नेपाल बैंकले गत बर्ष २३ बर्षपछि लाभांस दिएको थियो । यसपाली पनि बैंकले लाभांसलाई निरन्तरता दिएको हो । गत बर्ष बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस दिएको थियो । बैंकले […]