नेपाल बैंकले गत बर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लभांस प्रस्ताव

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल बैंकले गत बर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लभांस प्रस्ताव गरेको छ । नेपाल बैंकले गत बर्ष २३ बर्षपछि लाभांस दिएको थियो । यसपाली पनि बैंकले लाभांसलाई निरन्तरता दिएको हो । गत बर्ष बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस दिएको थियो । बैंकले गत आर्थिक बर्ष २ अर्ब २१ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो । चालु बर्षको पहिलो त्रैमासमा बैंकको नाफा १९ करोड ६४ लाख रुपैयाँ छ । बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड रुपैयाँ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्