योजना आयोग : पर्यटक आगमन पुरानै लयमा फर्कन दुई वर्ष लाग्ने

अर्थ राजनीति  ~  कोरोना भाइरसको महामारीका कारण अतिप्रभावित बनेको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कने अझै दुई वर्ष लाग्ने भएको छ । सरकारले स्वयम्ले यस्तो प्रक्षेपण गरेको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यमकालीन खर्च संरचनाको प्रक्षेपणअनुसार पर्यटक आगमन सन् २०१९ कै अवस्थामा फर्काउन अर्को दुई वर्ष लाग्ने छ । आर्थिक वर्ष अनुसार २०७६/७७ मा […]

स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिन माग

अर्थ राजनीति  ~  राष्ट्रिय व्यापार सङ्घले विश्व स्वास्थ्य सङ्गठनले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको छ । सङ्घको टोलीले बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई भेटेर कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै निषेधाज्ञा लम्बिँदै जाँदा व्यापार व्यवसायमा समस्या परेको जनाउँदै स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको हो । सङ्घका […]

थप तीन देशमा उडान खोल्ने सरकारको तयारी

अर्थ राजनीति  ~  सरकारले थप ३ देशको हवाई सेवा खोल्ने तयारी गरेको छ । जापान, मलेसिया र युनाईटेड अरब इमिरिट्समा व्यावसायिक उडान खोल्नको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार मन्त्रिपरिषद्मा प्रस्ताव गरेको जनाएको छ । थप देशहरुमा नियमित व्यावसायिक उडान गर्नको लागि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए । “उडान […]

मनसुनी वायुको प्रभावले देशका धेरै स्थानमा भरि वर्षा हुने

अर्थ राजनीति  ~  देशभर रहेको मनसुनी वायुको प्रभावले मौसम प्रतिकुल बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा […]

आजबाट नयाँ शैक्षिक सत्र, देशभर भर्ना अभियान सुरु

अर्थ राजनीति  ~  विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी छ । सामुदायीक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाले भने, ‘मूल्यांकन गर्न बाँकी रहेका एसईई सहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइसकेपछि साउन एक गतेदेखि […]

युरो २०२० : जब खेलकै बीच मैदानमा ढले एरिक्सन

अर्थ राजनीति  ~ युरो २०२० अन्तरगत हिजोको खेलको क्रममा , क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको छ । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।  समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका हुन् । खेलको ४२ […]

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च

अर्थ राजनीति  ~  जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा […]

युरोकप २०२० आजदेखि, यस्ता छन् उपाधि दाबेदार टिम

अर्थ राजनीति  ~  कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । जसमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । अहिलेसम्म १० टिमले उपाधि जित्दा ग्रीस मात्र यसपटक छनोट हुन सकेन । त्यसैले पनि यसपटक युरोकप प्रतिस्पर्धात्मक हुन सक्छ । […]

मनसुन प्रवेश गर्दै : जल तथा मौसम विज्ञान विभाग

अर्थ राजनीति  ~  नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी बर्षासमेत हुने जानकारी दिए ।“हामी अहिले मनसुनको निगरानी […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति

अर्थ राजनीति  ~  राष्ट्रिय गौरवको आयोजना भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । यद्यपि कोरोना भाइरसको महामारीका कारण परीक्षण उडान पर धकेलिएको नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल आयोजनाका अधिकारीहरुले जनाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत विमानस्थल आयोजना (आइसीबी टु) प्रमुख प्रविण न्यौपानेका अनुसार विमानस्थलमा उपकरण जडानको काम सकिएको छ । […]